भारत भ्रमणका क्रममा बेजोसले बलिउडका कलाकारहरुलाई पनि भेटेका थिए। सो क्रममा शाहरुख र बेजोसबीच सार्वजनिक कार्यक्रममा कुराकानी भएको थियो।
बलिउड स्टार शाहरुख र जोया अख्तरले बेजोसलाई प्रश्न गर्ने कार्यक्रमको आयोजना भएको थियो। त्यस बेला बेजोसले शाहरुखलाई आफूले भेटेकामध्ये शाहरुख नम्र व्यक्ति भएको बताउँछन्।
बेजोसले भनेका थिए,‘शाहरुख मैले भेटेकामध्ये नम्र व्यक्ति अन्तर्गत पर्दछन्।’
यति भनेपछि बेजोसले पानी पिएका थिए। सोही क्रममा शाहरुखले उत्तरमा भनेका थिए,‘मेरा पछिल्ला चलचित्रले राम्रो कमाइ नगरेकाले मात्र म यति नम्र भएको हो।’
यति भनिरहँदा पानी पिइरहेका बेजोस हासेपछि उनको गला सर्किन्छ। यही घटनाको भिडियो बेजोसले ट्वीट गरेका छन् र निकै रमाइलो भएको प्रतिक्रिया जनाएका छन्।
भिडियो
Lots of fun on stage with @iamsrk and Zoya Akhtar. pic.twitter.com/wdZ2tEsySX

प्रतिक्रिया