अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाउने विषयमा सहमति भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेसँग भेट गरेका छन्।
आइतबार बिहान ओली र प्रचण्डबीच भएको सहमतिपछि ओली तुम्बाहाङ्फेलाई बालुवाटारमै बोलाएका थिए।
उनी १ बजे बालुवाटार पुगेकी थिइन्।
त्यहाँबाट उनी साढे २ बजे बाहिरिइन्। तर, ओलीसँग के कुरा भयो, उनले सार्वजनिक गरेकी छैनन्।
सभामुखमा सापकोटाको नाम अनुमोदन गर्न अहिले बालुवाटारमै सचिवालय बैठक बसिरहेको छ।
3
Shares
प्रतिक्रिया