ad ad

खेल


वीर गणेशमान सिंह स्मृति खुल्ला बक्सिङको उपाधि सशस्त्रको एपीएफलाई

वीर गणेशमान सिंह स्मृति खुल्ला बक्सिङको उपाधि सशस्त्रको एपीएफलाई

नेपालखबर
माघ ५, २०७६ आइतबार ११:३०,

सशस्त्र प्रहरीको एपीएफ क्लब वीर गणेशमान सिंह स्मृति तेश्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको च्याम्पियन बनेको छ। ५ स्वर्णसहित टिम च्याम्पियन बनेको एपीएफले १ लाख रुपैयाँ प्राप्त गरेको हो।

ललितपुर जिल्ला किक बक्सिङ संघले आयोजना गरेको प्रतियोगितामा विभागीय त्रिभुवन आर्मीले ३ स्वर्ण जित्दै दोस्रो बन्यो। आर्मीले ५० हजार रुपैयाँ पाएको छ।

प्रतियोगितामा पुरुषतर्फ आर्मीका राजेश चौधरी र महिलातर्फ नेपाल प्रहरीकी रिता ठकुल्ला उत्कृष्ट खेलाडी घोषित भए। दुवैले जनही २५ हजार रुपैयाँ प्राप्त गरे। राजेशले ६५ केजी तथा रिताले ५५ केजी तौल समुहमा स्वर्ण जितेका थिए। स्वर्णवापत उनीहरुले थप जनही ३ हजार रुपैयाँ पाए।

ललितपुरको चापागाउँस्थित प्याङगाउँमा भएको पुरुष ५५ केजीमा एपीएफका सञ्जय राईलाई पराजित गर्दै मेन डोजोका मनोज राना मगर प्रथम भए। आर्मीका यामराज थापा मगर र मेन डोजोका भक्तराज जोशी तेश्रो भए। पुरुष ५५ केजी तौलसमुहमा एपीएफका रोहीत च्नारोले आर्मीका तारा तामालाई हराए।

मुवा थाइका दावा फुन्जो शेर्पा र प्रहरीका राजेन्द्र सिन्जाली मगर तेस्रो भए। पुरुष ६० केजी तौल समुहमा प्रहरीका मुकेश पण्डितलाई हराउँदै एपीएफका विरेन्द्र सिंह कोधारीले स्वर्ण जिते। मेन डोजोका सागर दर्जी र मुवाथाईंका विजय रसाइली तेस्रो बने।

पुरुष ६५ केजीमा मुवाँथाइका फुर्देनी शेर्पालाई हराउँदै आर्मीका राजेश चौधरीले स्वर्ण जिते। बक्समाण्डुका मनिष कुमार भुजेल र प्रहरीका समन धुस्सीले कास्य जिते। ७० केजीमा आर्मीका सनीसंह सुनवारले भाटभटेनीका सविन दिमहुमलाई हराउँदै स्वर्ण जिते।
प्रुष खुलातर्फ रेजका कोशिष श्रेष्ठ च्याम्पियन बने। उनले एपीएफका भुपेन्द्र शाहलाई पाखा लगाए। सो क्योकुसिनका गोपाल महर्जन र एफडब्लु उसुका शंकरबहादुर चौधरी तेस्रो भए।

महिला ६५ केजीमा एपीएफकी विनिता थापा मगरले आर्मीकी मन्जु विकलाई पन्छ्याउदै स्वर्ण हात पारिन्। एपीएफकी मनीषा राउत र मेन डोजोकी रविना तामाङले कास्य पाए। महिला खुला तौलसमुहमा आर्मीकी विन्दु पुनले स्वर्ण जितिन्। उनले एपीएफकी जयन्ती श्रेष्ठलाई पाखा लगाइन्। मेन डोजोकी पुनम कर्माचार्य र मुुवाँथाई, पोखराकी सुमी श्रेष्ठ तेस्रो भए।

महिला ६० केजीमा एपीएफकी निशा विक पहिलो भइन्। फाइनलमा निशाले मेन डोजोकी सुस्मिता शाहीलाई पराजित गरिन। मकवानपुरकी रेश्मा माझी र प्रिया वाइबा तेस्रो भए।

महिला ५० केजीमा एपीएफकी सन्जु माया थिङले स्वर्ण र आईकेकेएफकी करिश्मा काकीले रुजत जिते। आर्मीका रुविका खड्का र शान्ति थापा मगरले कांस्य हात पारे। महिला ५५ केजीमा प्रहरीकी रिता ठकुल्लले फाइनलमा एपीएफकी विद्या गुरुङमाथि जित हात पार्दै पहिलो भइन्। आर्मीका अनुपमा नेपाली र रिना धमाल संयुक्त रुपमा तेस्रो भए।

तीनदिने प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ गरी ११ स्पर्धामा १ सय २२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। प्रत्येक स्पर्धामा पहिलो हुनेले ३०, दोस्रोले १५ र तेस्रो हुने २ खेलाडीले जनही ८ हजार रुपैयाँ प्राप्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .