कला


गायिका राउतविरुद्ध महानगरीय प्रहरी परिसरमा उजुरी दर्ता

गायिका राउतविरुद्ध महानगरीय प्रहरी परिसरमा उजुरी दर्ता

नेपालखबर
माघ ५, २०७६ आइतबार ६:२६,

महानगरीय प्रहरी परिसर काठमाडौंले गायिका आस्था राउतविरुद्ध प्रहरी जवान रमिशा श्रेष्ठले दिएको उजुरी दर्ता गरेको छ। विमानस्थलमा चेकजाँचका क्रममा गायिका राउतले ड्युटीमा रहेको प्रहरीलाई दुव्र्यवहार गरेको भन्दै परेको उजुरी महानगरीय प्रहरीले आज दर्ता गरेको हो।

परिसर प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार गायिका राउत फरार छिन्। उनलाई प्रहरीले खोजी गरिरहेको सुवेदीले जानकारी दिए। गत बुधबार राउत भद्रपुर जाने क्रममा आन्तरिक टर्मिनलमा चेकजाँच गर्ने क्रममा प्रहरीसँग उनले चर्काचर्की गरेकी थिइन्।

उनको ज्याकेट फुकाल्न लगाएको भन्दै गायिका राउतले फेसबुकमा भिडियो सेयर गर्दै आक्रोश पोखेकी थिइन्। सोलगत्तै चेकजाँचको सीसीटीभी फुटेज भिडियो विमानस्थल प्रहरी कार्यालयले सार्वजनिक गरेको थियो। यसबारे प्रारम्भिक प्रतिवेदनपछि गायिका राउतविरुद्ध उजुरी दर्ता भएको प्रहरीले जनाएको छ।

उक्त घटनाबारे गायिका राउतले अर्को भिडियोमार्फत फेसबुकमा माफी मागिसकेकी छिन्। प्रहरीले भने उनीविरुद्ध साइबर अपराधसम्मको कारबाही अघि बढाउने तयारी थालेको छ। अभद्र व्यवहारमा १ वर्षसम्म कैद र जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad