‘ट्वान्टिइथ सेन्चुरी फक्स फिल्म स्टुडियो’ भन्ने शब्द हामी सबैमा परिचित शब्द हो। यहीबाट डिज्नीले ‘फक्स’ शब्द हटाउन लागेको हो।
डिज्नीले गतवर्षको मार्चमा फक्स स्टुडियो ७१ अर्ब डलरमा खरिद गरेको थियो। यस स्टुडियोले विश्व विख्यात चलचित्र अवतार तथा टाइटेनिक निर्माण गरेको थियो।
फक्स स्टुडियोका पहिलेका मालिक रुपर्ट मुर्दोच हुन्।
उनी राइट विङ पार्टी नजिक मानिने फक्स न्युज नेटवर्कसँग सम्बन्धित भएकाले डिज्नीले राजनीतिक झुकाब नदेखाउन फक्स शब्न हटाउन खेजेको विश्लेषण भए पनि कारणबारे केही खुलाइएको छैन। बीबीसी

प्रतिक्रिया