राजनीति


नेपालका हिमाल सुरक्षित र सफा छन् भन्ने सन्देश विश्वभर पुर्‍याउनुपर्छ : मन्त्री भट्टराई

नेपालका हिमाल सुरक्षित र सफा छन् भन्ने सन्देश विश्वभर पुर्‍याउनुपर्छ : मन्त्री भट्टराई

नेपालखबर
माघ ४, २०७६ शनिबार ११:५९,

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालका हिमालहरु सुरक्षित र सफा छन भन्ने सन्देश विश्वभरी दिनुपर्ने बताएका छन्।

कञ्चनजंघा हिमाल सरसफाई अभियानसम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले बाहिर जतिसुकै नकारात्मक कुराहरु आए पनि नेपालका हिमाल सुरक्षित रहेको बताए। नेपाली हिमालहरु सफा छन् भन्ने सन्देश विश्वभरी फैलाएर पर्यटन आवागमन बढाउनेतर्फ सबैको ध्यान जानुपर्ने उनको भनाइ थियो।

‘भ्रमण वर्षलाई ख्याल गर्दै हिमालहरु सुरक्षित छन्,सफा छन् भन्ने सन्देश विश्वमा दिनका लागि २०२० मा हिमाल आरोहणको अभियानलाई अगाडि बढाउनुपर्छ’, मन्त्री भट्टराईले भने।

नेपालको आर्थिक विकास र पर्यटनका लागि हिमालहरु महत्पूर्ण सम्पत्ति भएको मन्त्री भट्टराईको भनाइ छ। अहिले ४५, ४६ करोड राजस्व संकलन हिमालबाट भए पनि यो अत्यन्तै न्यून भएको र बढी राजस्व उठाउनेतर्फ ध्यान दिनुपर्ने उनले बताए।

हिमालसँग जोडिएका स्थानीय सरकार र प्रदेश सरकारहरुलाई समेत अभियानमा सहभागी गराउन सकेमात्रै सबैले अपनत्व ग्रहण गर्न सक्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad