ad ad

कला


एक वर्षको बक्स अफिस कलेक्सन : सर्वाधिक कमाउने छक्का पञ्जा ४, दोस्रोमा जारी

एक वर्षको बक्स अफिस कलेक्सन : सर्वाधिक कमाउने छक्का पञ्जा ४, दोस्रोमा जारी

फाइल तस्बिर


नेपालखबर
साउन ४, २०८० बिहिबार १६:३६, काठमाडौँ

चलचित्र विकास बोडर्डले गत आर्थिक वर्ष २०७९/८० बक्स अफिस कलेक्सन रिपोर्ट सार्वजनिक गरेकव छ।

बोर्डबाट प्रदान भएको ‘मूभि कोड’ अनुसार नेपालमा प्रदर्शन भएका नेपाली र  विदेशी चलचित्रहरूको ग्रस बक्स अफिस कलेक्शन रिपोर्ट सार्वजनिक गरिएको हो।

कलेक्शनसँगै प्रदर्शन सुरू भएको मिति र टिकट बिक्री सङ्ख्यासहितको विवरण पनि सार्वजनिक गरिएको छ। 

चलचित्र विकास बोर्डको मिति साउन गतेको निर्णयानुसार रिपोर्ट सार्वजनिक गरिएको हो।

नेपालमा गत आर्थिक वर्षमा ५७ वटा स्वदेशी चलचित्रहरू रिलिज भएका छन्। 

स्वदेशी चलचित्रहरूले २७ लाख १६ हजार २१७ थान टिकट बिक्री गरेका थिए। त्यसक्रममा नेपाली चलचित्रले कुल ग्रस व्यापार ७६ करोड ७२ लाख ५७ हजार १ रुपैयाँ गर्न सफल भएका छन्। 

विकास बोर्डका अनुसार गत आर्थिक वर्षमा दीपकराज गिरी र दीपाश्री निरौलाद्वारा निर्मित छक्का पञ्जा ४ ले १७ करोड ५२ लाख ९९ हजार १५९ रुपैयाँ कलेक्शन गर्न सफल भएको छ। छक्का पञ्जा ४ ले ६ लाख २९ हजार ७५० वटा टिकट बेचेको थियो।

त्यस्तै अहिले पनि प्रदर्शनमा रहेको दयाहाङ राई र मिरुना मगर अभिनित जारीले १७ करोड १७ लाख ९ हजार ५१८ रुपैयाँ कमाइ गर्न सफल भएको छ।

तेस्रोमा प्रदीप खड्का अभिनित प्रेमगीत ३ ले ७ करोड ७० लाख ३५ हजार ५५८ रुपैयाँ कमाउन सफल भएको छ। भारतमासमेत रिलिज भएको यो चलचित्रले नेपालभर २६ लाख ९८ हजार ८ वटा टिकट बेच्न सफल भएको थियो। 

गत आर्थिक वर्षमा ७८ वटा विदेशी चलचित्रहरू नेपालमा प्रदर्शन भएका छन्। 

यी चलचित्रहरूको २५ लाख ८५ हजार ६०२ थान टिकट बिक्री गरेर कुल ग्रस व्यापार ७९ करोड ४३ लाख ४ हजार ७४८ गर्न सफल भएका छन्। 

विकास बोर्डले हाल प्रदर्शनरत दुई नेपाली चलिचत्रहरू बगान र जारीको असार ३१ सम्मको रिपोर्ट यसमा राखेको छ।

त्यसैगरी २ विदेशी चलचित्रहरू मिसन इम्पोसिबल– डेड रकिङ पार्ट वान र रेसिडेन्ट एभिल: डेथ आइसल्यान्ड कोगत आर्थिक वर्षको अन्तिम दिन असार ३१ सम्मको रिपोर्ट राखिएको छ। 

कसले कति कमाए?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .