ad ad

कला


दयाराम र राधाको ‘पछ्यौरी चुनीको’ सार्वजनिक (भिडियो)

दयाराम र राधाको ‘पछ्यौरी चुनीको’ सार्वजनिक (भिडियो)

नेपालखबर
माघ १, २०७६ बुधबार ८:५७,

नेपाली लोक गीत संगीतको क्षेत्रमा परम्परागत संस्कृति झल्कने मौलिक भाकामा तयार पारिएका गीत संगीतहरु पछिल्लो समय कमै मात्रामा बजारमा आइरहेका छन्। गायक दयाराम गुरुङ र गायिका राधा गुरुङको आवाजमा रहेको मौलिक कौडा गीत ‘पछ्यौरी चुनीको’ को भिडियो बजारमा सार्वजनिक भएको छ।

मौलिक पनमा तयार पारिएको गीतमा प्रेमका भावनात्मक कदमलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ। जन जिवीकाका विभिन्न अनुभव र अनुभुतिलाई गीतमा समावेश गरिएको छ। दयाराम गुरुङको शब्द सिर्जना तथा लय सिर्जना ‘पछ्यौरी चुनीको’ गीतमा रहेको छ। 

‘पछ्यौरी चुनीको’ गीतमा शुशिल डाँगीको छायाँकन, निरज केसीको सम्पादन तथा पछिल्लो समयमा सर्वोकृष्ट गीतहरुमा आफनो नविन कला र प्रस्तुतीका साथमा निर्देशनमा निकै रुचाइएका अर्जुन थापाको निर्देशन भिडियोमा रहेको छ। गीतको भाव जति आकर्षक रहेको छ।

त्यसमा कलाकारहरुको प्रस्तुती त्यतिनै हेर्न लायक रहेको छ। ‘पछ्यौरी चुनीको’ गीतको भिडियोमा निर आले र सावित्रा भुजेलको अभिनय रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .