ad ad

समाज


१८ वर्षपछि भूषण दाहालले छाडे कान्तिपुर टेलिभिजन

१८ वर्षपछि भूषण दाहालले छाडे कान्तिपुर टेलिभिजन

नेपालखबर
माघ १, २०७६ बुधबार ८:५६,

कान्तिपुर टेलिभिजनमा स्थापना कालदेखि संलग्न रहेका भूषण दाहालले राजिनामा दिएका छन्।

सहायक महाप्रबन्धकका रुपमा कार्यरत रहेका दाहालले दिएको राजिनामा आइतबार स्वीकृत भएको छ। कान्तिपुर टेलिभिजनमा ‘फायर साइड’ टक शो सञ्चालन गर्दै आएका दाहाल भिडियोमा अभिनय गर्छन्। 

दाहालले ट्वीट गर्दै कान्तिपुर टेलिभिजनबाट विदा भएको जनाएका छन्।

‘१८ वर्षको अनवरत साथ, स्नेह र मार्गनिर्देशका लागि कान्तिपुर टेलिभिजनका दर्शक, सहकर्मी, अध्यक्ष र बोर्डलाई हार्दिक धन्यवाद’ दाहालले लेखेका छन्, ‘विवेकले अब के गर्ने त्यता डोर्याउँछ, शीपले कसरी गर्ने सुझाउँछ, सत्कर्मले त्यो फत्ते गराउँछ। अब उपरान्त यो मार्गचित्र अझ कुशलताका साथ जीवनमा उतार्न पाउँ।’

१८ वर्ष लामो टेलिभिजन यात्राबाट बिदा भएका दाहालले अब आफ्नो व्यवसायिक जीवन कता डोर्याउने भन्ने चाहिँ खुलाएका छैनन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .