ad ad

कला


मिस्टर एन्ड मिस नेसनल बन्ने दौडमा २१ युवक–युवती

मिस्टर एन्ड मिस नेसनल बन्ने दौडमा २१ युवक–युवती

नेपालखबर
बैशाख २२, २०८० शुक्रबार ११:१२, काठमाडौँ

नेपालमा सौन्दर्य प्रतियोगिता हुने संख्या बढिरहँदा तेस्रो संस्करण आयोजनाको तयारीमा रहेको ‘मिस्टर एन्ड मिस नेसनल नेपाल’ मा आकर्षण बढिरहेको आयोजक संस्था सनुर्भी इन्टरनेसनल प्रालिले जानकारी दिएको छ।

प्रतियोगिताबारे जानकारी दिन बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा काठमाडौंसँगै इटहरी, धनगढी र पोखरामा भएको अडिसनबाट छनोट भएका १ सय ७० जनाबाट ३६ र त्यसबाट छानिएका २१ प्रतियोगीले प्रस्तिस्पर्धा गरिरहेको नेपाल निर्देशक सन्तोष उपाध्यायले जानकारी दिए। 

उनले अन्तिम प्रस्तिस्पर्धा हुने प्रतियोगितामा विदेशमा बसोबास गरिरहेका, एनआरएन, सौन्दर्य प्रतियोगिता विजेतासमेत रहेका मिस जर्मनी समा पराजुली, मिस डायमन्ड सरोजी न्यौपाने, मिस सुदूरपश्चिम रोशनी चन्द, मिस पूर्वेली सुपर मोडल सुम्निमा खातुन, मिस टिन रनरअप सुष्मिता अधिकारी, मिस बाग्लुङ सकुना खत्री, हाउस अफ फ्यासन शिशिर वाग्ले, मिस्टर टिन रनरअप साइरस विश्वकर्मासमेत प्रतियोगीकै रूपमा प्रतिस्पर्धा गरिरहेको बताए। 

‘मैले आफैँ प्रतियोगीका रूपमा मिस एन्ड मिस्टर सुप्रान्यासनलमा सहभागी भएर चौथो स्थानको विजेता बनेपछि अवसरको सिर्जना गर्नुपर्छ भनेर यसलाई नेपालमा सुरु गरेको हुँ। यसप्रति बढिरहेको आकर्षणले थप दायित्व बोध गराएको छ। अन्य प्रतियोगितामा विजेता तथा सहभागी हुनुभएको समेत हाम्रो अन्तिम एक्काइसमा छन्’, नेपाल निर्देशक उपाध्यायले भने,‘यसपटक मिस ग्लोब र मिस्टर इन्टरनेसनलको शीर्षकसमेत थपेका छौं। हामीले प्रतियोगिता निष्पक्ष होस् भनेर अन्तर्राष्ट्रिय विजेतालाई नै निर्णायकसमेत बनाउने गरेका छौँ।’

प्रतियोगिताको निर्णायकमा ‘मिस्टर सुप्रान्यासनल २०१८’ का विजेता प्रथ्मेश मौलिङ्ग्कार छन्। उनी आउँदो साताको सोमबार नेपाल आउँदै छन्। यो सौन्दर्य प्रतियोगिता भए तापनि यसमा सामाजिक कार्यमा दिएको योगदानसमेत मूल्यांकन हुने प्रावधान छ। प्रतियोगितमा  पुरुष, महिला, समलिङ्गीसँगै एकल रूपमा जीवन बिताइरहेकाले समेत सहभागिता जनाउन पाउनेछन्। 

प्रशान्त ताम्राकारको कोरियोग्राफी रहने प्रतियोगितामा दुई पुरुष र दुई महिला गरेर चार विजेता छानिनेछन्। जसमध्ये पुरुष विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस्टर सुप्रान्यासनल र मिस्टर इन्टरनेसनलमा सहभागिता जनाउनेछन् भने महिला विजेताले मिस सुप्रान्यासनल र मिस ग्लोबमा सहभागीको अवसर प्राप्त गर्नेछन्। 

अर्थात् विजेताले अन्तर्राष्ट्रिय रूपमा आयोजना हुने चार प्रतियोगितामा प्रस्तिस्पर्धा गर्न पाउनेछन्। गत वर्षको प्रतियोगितामा निर्णायकको रुपमा ‘मिस्टर सुप्रान्यासनल २०२१’ भरो भार्गाेस, ‘मिस सुप्रान्यासनल २०१९’ एन्टोनियो पोर्सिल्ड र मिस सुप्रान्यासनलका आयोजकका क्रिएटिभ डाइरेक्टर आन्द्रे स्ले नेपाल आएका थिए। यसको फिनाले जेठ १ गते हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .