निर्माण सम्पन्न भएर बसेको नेपाली फिल्म ‘वानर सेना’को प्रदर्शन तयारी थालिएको छ। गिरी ग्रेन्ड फिल्म प्रालिको ब्यानरमा निर्माण भएको फिल्म प्रदर्शनको तयारीमा लागेको निर्माण पक्षले रिलिज मिति भने पाएको छैन।
फिल्म प्रर्दशन मिति चाँडै तय गर्ने निर्माण पक्षले जनाएको छ।
फिल्म ‘वानर सेना’ युवराज गिरीले निर्माण गरेका हुन्। अपर्ण गिरीले निर्देशन गरेको फिल्ममा स्टार कलाकार त्यति देखिँदैनन्।
फिल्ममा सुरवीर पण्डित, किशोर खतिवडा, अर्जुन गुरुङ, कामेश्वर चौरसिया, अर्पण गिरी, आरजु प्रसाईं, किशनबाबु बस्नेत, रमेश सोडारी, युवराज गिरीलगायत कलाकारले अभिनय गरेका छन्।
निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै फिल्म प्रदर्शनको तयारी थालेको हो।
51
Shares
प्रतिक्रिया