ad ad

कला


जब पूनमले श्रीमानलाई पाठ सिकाउन भन्दै बेग्लै वैवाहिक सम्बन्ध बनाइन्

जब पूनमले श्रीमानलाई पाठ सिकाउन भन्दै बेग्लै वैवाहिक सम्बन्ध बनाइन्

नेपालखबर
बैशाख ५, २०८० मंगलबार १५:२९, काठमाडौँ

बलिउडमा ८० को दशककी चर्चित अभिनेत्री हुन् पूनम ढिल्लों। उनले बलिउडमा उत्कृष्ट फेसन सेन्स भित्राइन्। बलिउड फिल्ममा पहिलो पटक स्विमसूट लगाएर उनी थुप्रै समाचारको हेडलाइन बनिन्।

पुनमलाई आफ्ना श्रीमानलाई सवक सिकाउने नायिकाका रुपमा पनि हेरिन्छ। उनले श्रीमानको अफेयरका बारेमा थाहा पाएपछि एक्स्ट्रा वैवाहिक सम्बन्ध गरेकी थिइन् पनि भनिन्छ। उनको साहासको पनि बेला बेला चर्चा हुने गरेको छ।

पूनमको जन्म १८ अप्रिल १९६२ मा उत्तर प्रदेशको कानपुरमा भएको थियो। उनका बुबा वायुसेनामा एयरक्राफ्ट इन्जिनियर थिए। पढाइमा पूनम एकदमै साधारण केटी थिइन्। पूनम ८ कक्षामा पढ्दा राजेश खन्ना कानपुरको माउन्ट भ्यू होटलमा सुटिङको सिलसिलामा बसिरहेका थिए।

स्कूलका अरु थुप्रै साथीका साथमा पुनम उक्त होटलमा सुटिङ हेर्न पुगेकी थिइन्। त्यो समय राजेश खन्ना आफ्नो टोलीसँग चिया पिइरहेका थिए, जब उनले पुनमलाई टाढा उभिएको देखे। राजेशले इशारा गरेर नजिक बोलाए। पूनम नर्भस हुँदै पुगेपछि राजेशले भने, ‘तिम्रो आँखा धेरै सुन्दर छन्, मेरो फिल्ममा काम गर्छौ?’

यो सुनेर पूनम स्तब्ध भइन् र भनिन्– ‘म सानै छु, पढिरहेकी छु अहिले फिल्ममा काम गर्दिन।’ पुनम अरु केही नबोली त्यहाँबाट हिँडिन। उनी गएको राजेश र उनका साथीहरुले हेरिरहे।

त्यसको निक्कै वर्षपछि पुनले फिल्ममा प्रवेश गरिन्। त्यसपछि राजेशलाई भेटेर उनको प्रस्ताव सम्झाइन्। त्यतिबेला राजेश सुपरस्टार भैसकेका थिए। तर उनले पुराना दिन सम्झिए। पुनम र राजेशले ‘दर्द, निशान, जमाना, अवम, रेड रोज, जय शिव शंकर’ लगायतका फिल्ममा सँगै काम गरे। राजेश र पुनमले सँगै काम गरेको फिल्म ‘रेड रोज’ निक्कै हिट भएको थियो। 

पूनमले सन् १९७८ मा मिस यंग इन्डियाको उपाधि जितेकी थिइन्। त्यो समय पुनम चण्डीगढमा बस्थिन्। त्यतिबेला सौन्दर्य प्रतियोगिता, मोडलिङ र फिल्मका कुरा पत्रपत्रिकामा मात्रै प्रकाशित हुन्थ्यो।

पूनमले सहरमा मिस योङ इन्डिया प्रतियोगिता आयोजना हुँदैछ भन्ने थाहा पाउने बित्तिकै उनी त्यो हेर्न चाहन्थिन् तर सर्वसाधारणलाई भने निम्तो थिएन। त्यसैले पूनम र उनका साथीहरूले सोचे कि किन भाग लिने, यस्तो अवस्थामा उनीहरूले पनि शो हेर्न पाउनेछन्।
हेर्नका लागि प्रतियोगीतामा सामेल भएकी पुनमले उपाधि जितिन्।

त्यतिबेला उनलाई जितको खुशीले भन्दा परिवारले थाहा पाउलान् भन्ने पीडाले धेरै दुःख दियो। उनलाई लागेको थियो ‘अब मैले परिवारका मानिसको क्रोधको सामना गर्नु पर्ने छ।’ तर उनका परिवारका सबै सदस्य उनले जितेको उपाधिसँग निकै खुशी भए। 

मिस यंग इन्डिया बनेपछि यश चोपडाले उनलाई देखे। त्यसपछि यशले उनको नयाँ फिल्म ‘त्रिशुल’मा काम गर्ने अफर गरे। सुरुमा पुनले यो प्रस्ताव अस्वीकार गरिन्। यसको बारम्बारको आग्रहपछि पुनमले सर्त राखिन् ‘स्कुल बिदाको दिन मात्रै सुटिङ गर्नु पर्छ।’ यश यो प्रस्ताव मान्न तयार भए। त्यसपछि सुरु भयो पुनमको फिल्मी यात्रा।

१६ वर्षको उमेरमा पुनमले फिल्ममा स्विम सूट लगाएर अभिनय गरिन्। त्यतिबेला १० कक्षामा पढ्ने पुनमको त्यहि समय चर्चा र विरोध दुवै एकै पटक भयो। पूनमको दोस्रो कम बजेटको फिल्म ‘नुरी’ हिट भयो। यो फिल्मबाट पुनमले हिट नायिकाको उपमा पाइन्। 

पूनम र पद्मिनी कोल्हापुरी सँगै काम गर्दागर्दै मिल्ने साथी भए। पद्मिनी निर्माता प्रदीप शर्माको प्रेममा थिइन्। तर उनका परिवारका सदस्यहरू उनीहरूको विवाहको विरुद्धमा थिए। परिवारका सदस्यहरू सहमत नभएपछि पद्मिनीले २१ वर्षको उमेरमा घरबाट भागेर प्रदीपसँग विवाह गर्ने निर्णय गरिन्।

उनको यो कदममा पुनमले साथ दिइन्। पूनमले उनको लागि दुलहीको लुगा र गहनाको व्यवस्था गरिन्। पद्मिनीले उनको विवाहमा पुनमले दिएको लुगा लगाएकी थिइन्।

पूनम भारतमा भ्यानिटी भ्यान ल्याउने पहिलो अभिनेत्री पनि हुन्। सन् १९८५/८६ मा हिन्दी सिनेमामा भ्यानिटी भ्यान ल्याउने श्रेय पूनमलाई दिइन्छ। भ्यानिटी भ्यान आउनुअघि अभिनेत्रीहरूले बाहिरी सुटिङका क्रममा लुगा फेर्न र अन्य काममा निकै कठिनाइको सामना गर्नुपर्थ्यो। 

जब पूनमले पहिलो भ्यानिटी बनाइन्, त्यसको उद्घाटन अमिताभ बच्चनले गरेका थिए। अनिल कपुर र श्रीदेवी पनि सहभागी थिए। आज पनि धेरै अभिनेत्रीहरूले भ्यानिटी भ्यान संस्कृति ल्याएकोमा पुनमलाई धन्यवाद दिन्छन्। 

पूनमलाई लोकप्रियता फिल्म ‘नुरी’ बनायो। यश चोपडाले निर्माण गरेको यो फिल्मलाई रमेश तलवारले निर्देशन गरेका हुन्। फिल्मको सुटिङका क्रममा रमेश पुनमसँग प्रेममा परे तर पूनमलाई यो कुरा थाहा थिएन। एक पटक पुनमले मुम्बईमा घर किन्न चाहेको बताइन्।

यो सुनेर रमेशले पुनमलाई बंगला उपहार दिए। पूनमलाई जब थाहा भयो कि निर्देशक उनीसँग प्रेममा छन्, त्यसैले उनी यो सबै गरिरहेका छन्। तब उनले दूरी कायम गर्न थालिन्। यसै क्रममा पूनमको नाम यश चोपडा र राज सिप्पीसँग पनि जोडिएको थियो।

निर्माता अशोक ठकेरियासँग प्रेम, विवाह र अतिरिक्त वैवाहिक सम्बन्ध
पूनमले सन् १९८८ मा एक नजिकको साथीको होली पार्टीमा निर्माता अशोक ठकेरियालाई भेटिन्। अशोकले एक बाल्टिन पानी खन्याएपछि पूनम पार्टीमा हराएकी थिइन्। पूनम सुरुमा डराए पनि पछि दुवै साथी बने।

त्यसपछि एकअर्कासँग समय बिताउन थाले। एक दिन कुराकानीमा अशोकले पुनमलाई विवाहको प्रस्ताव राखे र उनी राजी भइन्।

सन् १९८८ मा पुनमले अशोक ठकेरियासँग विवाह गरिन्, जसबाट उनका दुई सन्तान छोरी पालोमा र छोरा अनमोल छन्। विवाहको केही वर्षपछि उनीहरुको वैवाहिक सम्बन्धमा दरार आएको थियो। श्रीमान पुनमसँग टाढिएपछि उनी नराम्ररी टुटिन्।

सन् १९९४ मा अशोकको अर्की महिलासँग अफेयर रहेको कुरा पुनमले थाहा पाइन्। त्यसपछि श्रीमानलाई पाठ सिकाउन पुनमले जानाजान एक्स्ट्रा वैवाहिक सम्बन्ध बनाइन्। तर, यो देखाउनका लागि मात्रै थियो।

अन्ततः दिक्क भएर पूनमले सन् १९९७ मा श्रीमानसँग सम्बन्ध विच्छेद गरिन्। पुनमले दुवै बच्चाको जिम्मा आफैंले लिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .