कला


पूर्वप्रेमिकासँग फार्महाउसमा यसरी मनाए सलमानले नयाँ वर्ष

पूर्वप्रेमिकासँग फार्महाउसमा यसरी मनाए सलमानले नयाँ वर्ष

नेपालखबर
पुस १६, २०७६ बुधबार ८:५१,

बलिउडका सुपरस्टार अभिनेता सलमान खानले नयाँ वर्षलाई भव्य तरिकाले स्वागत गरेका छन्।

पनवेलको फार्महाउसमा सलमान खानले नयाँ वर्षलाई स्वागत गरे जहाँ उनले बलिउडका अन्य सेलिब्रिटीका साथमा आफ्नी पूर्वप्रेमिका संगीता बिजलानीलाई पनि निमन्त्रणा गरेका थिए।

सलमान खान के लिए साल 2019 का दिसंबर माह काफी लकी साबित हुआ है। जहां एक ओर उनकी फिल्म दंबग 3 धमाकेदार कमाई कर रही हैं। वहीं दूसरी ओर अपने बर्थडे के दिन वह दोबारा मामा बन गए है।

सामाजिक सञ्जालमा सलमानको पनवेल फार्महाउसको न्यु इयर सेलिब्रेसनको फोटो सार्वजनिक भएपछि अहिले बलिउडमा त्यसको चर्चा सुरु भएको छ।

पनवेल फार्म हाउस से कई तस्वीरें सामने आईं है। जिसमें संगीता बिजलानी, डेजी शाह से स्टार्स नजर आ रही हैं। 

सार्वजनिक भएका फोटोहरूमा सलमान खान हातमा कफीको कप समातेको देखिन्छ। सोही पार्टीमा उनकी पूर्वप्रेमिका संगीता बिजलानी, डेजी शाह र साजिद नाडियाडवालाकी श्रीमती वर्धा नाडियाडवाला पनि देखिएका छन्। त्यस्तै सोहेल खानका छोरा निर्वाण खान र उनका साथीहरू पनि पुगेका थिए।

 संगीता बिजलानी, डेजी शाह फॉर्म हाउस में चाय की चुस्की लेती हुई। 

सलमानका लागि सन् २०१९ विशेष रह्यो। यो वर्षको अन्तिम महिनामा त उनका लागि अझै विशेष रह्यो। डिसेम्बरको अन्तिममा रिलिज भएको उनको फिल्म ‘दबंग ३’ले राम्रो व्यापार गर्‍यो भने अर्कातिर उनले २७ डिसेम्बरमा जन्मदिन मनाउँदै गर्दा दोस्रो पटक मामा बने। उनकी बहिनी अर्पिताले सलमानको जन्म दिनकै दिन छोरीको जन्म दिएकी हुन।

‘कातिल’ फिल्मबाट १९८७ मा बलिउड डेब्यु गरेकी संगीताको चर्चा फिल्मभन्दा बढी सलमानसँगको सम्बन्धलाई लिएर हुने गरेको थियो र अहिले पनि हुँदै आएको छ। उनीहरुको विवाहको मिति समय तय भएको र निमन्त्रणा कार्ड समेत छापिएको थियो। यो कुरा सलमानले ‘कफी विथ करण’मा समेत खुलासा गरेका छन्।

Related image

सोही समय सलमान अर्की अभिनेत्री सोमी अलीसँग नजिएको भन्दै संगीताले क्रिकेटर अजहरुद्दीनसँग विवाह गरेकी थिइन्। सलमान भने अहिलेसम्म अविवाहित नै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .