पछिल्लो साता बलिउड बजारमा शाहरुख खान स्टारर फिल्म ‘पठान’ले तहल्का मच्चाइरहेको छ।
यो फिल्मले दिनदिनै नयाँ-नयाँ रेकर्ड कायम गरिरहेको छ। जासुस–थ्रिलर फिल्म पठानपछि बलिउडमा ताजा हावा सञ्चार भएको व्याख्या गरिएको छ। शाहरुखका फ्यान उत्सव मनाइरहेका छन्। शाहरुख ४ वर्षपछि फिल्ममा फर्किएकाले पनि उनका फ्यानको पर्खाइ निकै लामो थियो।
फिल्मका विषयमा शाहरुखको मात्रै होइन, फिल्म निर्माताको पनि निकै प्रशंसा भइरहको छ।
अभिनेत्री नेहा धुपियाले भने पठान र शाहरुखको खुलेर तारिफ गरेकी छन्।
नेहाले भनेकी छन्, ‘बलिउडमा कि सेक्स बिक्छ कि शाहरुख खान।’
यो कुरा नेहाले २००४ मा आफू अभिनित बोल्ड फिल्म ‘जुली’ रिलिजताका पनि भनेकी थिइन्। त्यतिबेला प्राय भारतीय मिडियोले नेहाको यो अभिव्यक्तिलाई हेडलाइन बनाएका थिए।
शनिबार पठानको बक्स अफिस कलेक्सनको ट्विटरमा प्रत्युत्तर दिँदै नेहाले ट्विट गरेकी छन्। प्रयोगकर्ताले नेहालाई ट्याग गर्दै लेखेका छन्, ‘केवल सेक्स र शाहरुख खान बिक्छ। यो कुरा आज पनि उत्तिकै सत्य छ।’
जवाफमा उनले लेखेकी छन्, ‘मेरो भनाइ सही नै थियो। यो कुरा अभिनेताको करिअर होइन, बरु राजाको शासन हो।’
नेहाले भारतीय गणतन्त्र दिवसको दिन फिल्म ‘पठान’ हेरेकी हुन्। उनले फिल्म हेरेपछि शाहरुखको प्रशंसा गर्दै भनेकी छन्, ‘शाहरुख हामीसँग तपाईंप्रति जति प्रेम छ, त्यसलाई वर्णन गर्न गाह्रो छ। दीपिका पादुकोणले आफ्नो अभिनयले पर्दामा आगो लगाएकी छन्। जोन अब्राहमले आफ्नो खराब लुक्सलाई यति राम्रो बनाइदिएका छन्। सलमान खान हामी इतिहासकै सबैभन्दा राम्रो केमियो हेर्न फिल्म हलमा पुनः फर्किनेछौं।’
Shares
प्रतिक्रिया