गोली लागेर घायते ओडिसाका स्वास्थ्यमन्त्री नव किशोर दासको निधन भएको छ।
गत आइतबार ओडिसाको कोझारसुगुडा जिल्लामा एक प्रहरीले हानेका उनको उपचारका क्रममा निधन भएको हो।
प्रहरी अधिकारीका अनुसार नव दास कार्यक्रममा सहभागी हुन ब्रजराजनगर गएका थिए। कारबाट उत्रिनेबित्तिकै उनलाई एक एसआई गोपालदासले गोली बर्साएका थिए।
नव किशोर दासले ओडिसाको झरसागुडा सिटमा सन् २००४ मा पहिलोपटक कांग्रेसबाट चुनाव लडेका थिए। त्यसबेला उनी हारेका थिए।
त्यसपछि उनी सन् २००९ मा कांग्रेसबाटै उठे। २००९ मा जितेका उनले सन् २०१४ मा पनि त्यही क्षेत्रबाट विधानसभाको टिकट काटे।
सन् २०१९ मा लगातार तेस्रो पटक चुनाव जितेर उनी विधायक बनेका थिए। नव किशोर दासलाई उनको क्षेत्रमा प्रभावशाली नेता मानिन्छ।
नव किशोर दास सन् २०१५ मा विधानसभा सत्रका क्रममा पोर्न भिडिओ हेर्दै गर्दा समातिएका थिए।
त्यसपछि तत्कालीन विधानसभा अध्यक्ष निरञ्जन पुजारीले उनलाई एक साताका लागि निलम्बन गरिदिएका थिए।
यस मामिलामा नव किशोरले भने आफूले जीवनमा कहिल्यै पनि पोर्न भिडिओ नहेरेको जिकिर गरेका थिए। तर आफूले इन्टरनेट चलाउने क्रममा उक्त भिडिओ खुल्न पुगेको उनको तर्क थियो।
प्रतिक्रिया