ad ad

कला


मन्दिर प्रवेशमा रोक लगाएपछि अभिनेत्रीले लेखिन् उजुरी

मन्दिर प्रवेशमा रोक लगाएपछि अभिनेत्रीले लेखिन् उजुरी

नेपालखबर
माघ ५, २०७९ बिहिबार ७:४८, काठमाडौँ

दक्षिणी अभिनेत्री अमला पललाई मन्दिर प्रवेशमा रोक लगाएपछि उजुरी दर्ता गरेकी छन्। उनले मन्दिर प्रवेश गर्न नपाएपछि तिरुवैरानिकुलम मन्दिरमा भेदभाव गरेको भन्दै आगन्तुक पुस्तिकामा उजुरी दर्ता गरेकी हुन्। 

केरलाको तिरुवैरानिकुलम महादेव मन्दिर दर्शन गर्न पुगेकी उनलाई मन्दिर प्रवेशमा रोक लगाइयो। त्यसपछि अमलाले आगन्तुक पुस्तिकामा आफूलाई धार्मिक आधारमा भेदभाव भएको गुनासो लेखेकी छन्। \

इन्डिया टुडेको रिपोर्टअनुसार अमला सोमबार मन्दिर दर्शन गर्न पुगेकी थिइन्, त्यसपछि उनले भिजिटर्स बुकमा लेखेर आफ्नो असन्तुष्टि जनाइन्।

अमलाले पुस्तकमा लेखेकी छन्, ‘सन् २०२३ मा पनि धार्मिक विभेद कायम रहनु दुःखद र निराशाजनक छ, देवीलाई देख्न सकिनँ तर टाढाबाट महसुस गर्न सकिनँ। धार्मिक भेदभावमा छिट्टै परिवर्तन हुनेछ भन्ने आशा छ। एक समय आउनेछ जब हामी सबैलाई धर्मको आधारमा नभई समान व्यवहार गरिनेछ।’

खबर सार्वजनिक भएपछि तिरुवैरानिकुलम मन्दिर प्रशासनमाथि प्रश्न उठेको छ। मन्दिरका अधिकारीहरूले उनीहरूले प्रोटोकलको पालना मात्र गरेको बताएका छन्।

ट्रस्टका सचिव प्रसुन कुमारले भनेका छन्, ‘मन्दिरमा दर्शन गर्न धेरै धर्मका भक्त आएका छन् तर यो कुरा कसैलाई थाहा छैन। सेलिब्रेटी भेट्न आउँदा मुद्दा बनाइन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .