न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले आगामी महिना पद छाड्ने बताएकी छन्।
उनले ६ वर्ष ‘चुनौतीपूर्ण’ पदमा बसेपछि अबको चार वर्ष योगदान गर्न खास केही बाँकी नरहेको बताउँदै अर्को चुनाव नलड्ने घोषणा पनि गरेकी छन्।
जसिन्डा आर्डर्नले फेब्रुअरी ७ सम्ममा लेबर पार्टीको नेताबाट राजीनामा दिनेछिन्। आगामी दिनमा उनको उत्तराधिकारी चयनका लागि मतदान हुँदै छ।
यस वर्षको अक्टोबर १४ मा न्युजिल्यान्डमा आम निर्वाचन हुँदै छ।
आर्डर्नले केही दिनपछि आफ्नो भविष्यबारे सोच्ने बताएकी छन्।
२०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री बनेकी आर्डर्न त्यस समयमा विश्वको सबैभन्दा कान्छी महिला राज्य प्रमुख बनिन्।
आफ्नो कार्यकालमा उनले कोरोना महामारी, क्राइस्टचर्च मस्जिदमा गोली हानाहान जस्ता धेरै चुनौती सामना गरिन्। बीबीसी
42
Shares
प्रतिक्रिया