ad ad

कला


जेलबाट ननिस्किँदै पल शाहको नाममा फिल्म घोषणा

जेलबाट ननिस्किँदै पल शाहको नाममा फिल्म घोषणा

नेपालखबर
माघ १, २०७९ आइतबार ८:३८, काठमाडौँ

एघार महिनादेखि कारागारमा रहेका पल शाहलाई लिएर फिल्म निर्माणको घोषणा भएको छ। नबालिग बलात्कार अभियोगमा तनहुँ कारागारमा रहेका पललाई लिएर ‘ओ सजन’ नामको फिल्मको घोषणा भएको हो। 

यो फिल्ममा पलसँग कविता रायले स्क्रिन सेयर गर्नेछिन्। कविता एकताका पलसँग नाम जोडिएकी मोडलसमेत हुन्। कविता र पलललाई लिएर निर्माण गरिने यो फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ।

यो फिल्म कविता रायले नै निर्माण गर्न लागेकी हुन्। कविताले फिल्मका लागि पलसँग कानुनी झमेला पर्नुअगाडि नै सम्झौता भएको बताएकी छन्। 

फिल्म शिवम् अधिकारीले निर्देशन गर्नेछन्। पल जेलबाट छुट्नासाथ यो फिल्ममा काम गर्ने अधिकारीको दाबी छ। 

उनले पलले पाएको साढे २ वर्षको हिसाब गरेर फिल्मको तयारी थालेको बताएका छन्।

पलविरुद्ध तनहुँ र नवलपुर जिल्ला प्रहरी कार्यालय गरी दुई ठाउँमा नाबालिग बलात्कार अभियोगमा मुद्दा परेको थियो। जसमध्ये नवलपुर जिल्ला अदालतले शाहलाई जबर्जस्ती करणी मुद्दामा सफाइ दिँदै बाल यौन दुरुपयोग कसुरमा साढे २ वर्ष कैद सजायको फैसला गरेको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .