ad ad

कला


कार्तिक-साराको प्याच-अपको अनुमान गर्दै प्रशंसक

कार्तिक-साराको प्याच-अपको अनुमान गर्दै प्रशंसक

नेपालखबर
पुस १९, २०७९ मंगलबार ८:४७, काठमाडौँ

बलिउड अभिनेता कार्तिक आर्यन र सारा अली खान अक्सर चर्चामा आइरहने जोडी हो। यो जोडी पछिल्लो समय अफेयरको खबरले चर्चामा छ। कार्तिक र सारा क्रिसमसको छुट्टी सँगै मनाएका थिए। साराले लन्डनबाट आफ्ना भाइ इब्राहिम अली खान र साथीहरूसँगका तस्बिरहरू सेयर गरिरहेकी थिइन् भने कार्तिक पेरिसमा छुट्टी मनाउँदै थिए।

तर, नयाँ वर्षको अबेर राती दुवैले एउटै ठाउँको फोटो सेयर गरेका छन्। दुवैले लगभग एकै समयमा पोस्ट गरेका एकै ठाउँका तस्बिरका कारण उनीहरुका फ्यानले यो जोडीले सँगै नयाँ वर्ष मनाएको अनुमान गरिरहेका छन्।

साराले एउटा गिलास क्रिसमस ट्री भित्र उभिएको आफ्नो फोटो साझा गरेर प्रशंसकहरूलाई नयाँ वर्षको शुभकामना दिएकी छिन्। कार्तिकले एक रेस्टुरेन्टमा कसैसँग चिया खाँदै गरेको फोटो सेयर गरेका छन्। कार्तिकले यो तस्बिरको क्याप्सनमा लेखेका छन्, ‘मेरो लागि मात्र कालो चिया।’ 

यससँगै दुवैले चिन्ह लगाएको स्थान पनि एउटै छ।

साराले त्यसपछि एक कोलाज साझा गरिन्, जसमा उनी इब्राहिम र साथीहरूसँग मेलामा देखिएकी छिन्। त्यही समयमा, कार्तिकले पनि बहु–रङहरू सहित लन्डनको धमिलो फोटो साझा गरेका छन्।

यसबाहेक कार्तिकले पेरिसबाट लण्डन आउँदै गरेको भिडियो पनि सेयर गरेका छन्। सारा र कार्तिकका यी तस्बिरहरू देखेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले दुवै लन्डनमा सँगै घुमिरहेका छन् भनेर प्रतिकृया दिइरहेका छन्। केही वर्षअघि साराले ‘कफी विथ करण’मा आफ्ना बुबा सैफ अली खानलाई कार्तिकसँग क्रस भएको बताएकी थिइन्। यससँगै साराले कार्तिकलाई डेट गर्ने इच्छा पनि व्यक्त गरेकी थिइन्।

यो जोडीले त्यसपछि ‘लभ आजकल २’मा सँगै काम गरे। त्यसपछि उनीहरुको अफेयरको हल्ला चल्यो। तर, फिल्म रिलिजपछि दुवैको अफेयरको हल्ला सेलायो। कार्तिकले पनि सारालाई इन्स्टाग्राममा अनफलो गरेका थिए। अहिले उनीहरुले नयाँ वर्ष सँगै मनाएको चर्चासँगै यो जोडीको प्याच–अप भएको चर्चा सुरु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .