कला


नेपालमा खिचिएको बलिउड फिल्म नेपाली हलमा

नेपालमा खिचिएको बलिउड फिल्म नेपाली हलमा

नेपालखबर
कात्तिक २५, २०७९ शुक्रबार ७:४८, काठमाडौँ

नेपालमा छायांकन भएको बलिउड फिल्म ‘उचाइ’ नेपाली सिनेमा घरमा प्रदर्शन हुने भएको छ। फिल्मको ७० प्रतिशत नेपालमा छायांकन गरिएको ‘उचाइ’आजबाट नेपालमा प्रदर्शन हुने भएको हो।

ट्राभलर्स क्रिउ फिल्मस्ले यो फिल्म नेपालमा वितरण गर्दै छ। 

यो फिल्ममा नेपालका प्राविधिक, केही नेपाली कलाकारका साथमा नेपाली उपकरण प्रयोग गरिएको छ। नेपालमै खिचिएको फिल्म भए पनि नेपालका नाम चलेका फिल्म वितरण कम्पनीले फिल्म नेपाल भित्र्याउन चासो देखाएका थिएनन्।

फिल्म ‘उचाइ’लाई नेपालमा राजन पुरी, विराज कडरिया र सुनिल मानन्धरले मिलेर वितरण गर्दै छन्। नेपालमा यो फिल्म छायांकन गर्दा २० करोड रुपैयाँ खर्च भएको फिल्म निर्माण कम्पनी थ्रि ह्विलर्स फिल्मसका प्रमुख सुरज आचार्यले बताएका छन्। 

सुरज बर्जात्याले निर्देशन गरेको यो फिल्ममा अमिताभ बच्चन, अनुप खेर, बोमन इरानी, डेनी, परिणिती चोपडा लगायतका कलाकारले अभिनय गरेका छन्।  ४ साथीको मित्रता र नेपाल भ्रमणको कथा फिल्ममा देखाउन खोजिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad