नेपाली कथानक चलचित्र ‘मिलन’को ट्रेलर सार्वजनिक भएको छ। यही कात्तिक १८ गते रिलिजको तयारीमा रहेको फिल्मको ट्रेलरमा युवा पुस्ताको प्रेम, विछोड र धोकालाई देखाइएको छ।
टेक पौरखी राईले निर्देशन गरेको यो फिल्ममा अभिनेता सलोन बस्नेत शीर्ष भूमिकामा देखिने छन्। उनका साथमा कुशल ठकुरी, शिल्पा थापा, शिशिर बाङ्देल पनि प्रमुख पात्रका रूपमा देखिने छन्। सलोनबाहेक अन्य कलाकार यही फिल्ममार्फत रजतपटमा डेब्यु गर्दै छन्।
निर्देशक राईको यो तेस्रो फिल्म हो। यो फिल्ममार्फत राईले मित्रतामा प्रेमका कारण आउने दरारको कथा भन्ने कोसिस गरेका छन्। फिल्ममा प्रवीण थापाले लगानी गरेका छन्।
51
Shares

प्रतिक्रिया