ad ad

कला


नेपाल युरोपियन युनियन चलचित्र महोत्सव हुँदै

नेपाल युरोपियन युनियन चलचित्र महोत्सव हुँदै

नेपालखबर
असोज ३१, २०७९ सोमबार १२:१५, काठमाडौँ

नेपाल युरोपेली युनियन चलचित्र महोत्सवको ११ औँ संस्करण आउँदो कात्तिक ११ देखि १५ गतेसम्म हुने भएको छ । नेपालका लागि युरोपेली युनियनको डेलिगेसनको कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै यो संस्करण काठमाडौँसँगै काठमाडौँबाहिर पनि आयोजना हुने जनाएको छ । 

महोत्सवमा  १३  युरोपेली  र ३ नेपाली चलचित्र प्रर्दशन हुने आयोजकले जनाएको छ ।  प्रत्यक्ष र अनलाइन गरी हाइब्रिड मोडलमा चल्ने महोत्सव भौतिक रुपमा चलचित्र विकास बोर्डमा हुनेछ भने अक्टोबर २८ देखि नोभेम्बर २८ सम्म अनलाइन चल्नेछ । सुर्खेतमा हुने महोत्सव कार्तिक १९ देखि २२ गते सम्म मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजना गरिने छ । सुर्खेतमा ५ युरोपियन तथा ३ नेपाली चलचित्र प्रदर्शित गरिने छन् । 

‘दुई वर्षको अन्तरालपछि सिनेमाहलमा फेरि जान पाउनु  र युरोपका १३ उत्कृष्ट चलचित्रका साथै ३ नेपाली चलचित्र प्रस्तुत गर्न पाउँदा हामी धेरै उत्साहित छौँ । सिनेमा साँस्कृतिक र बौद्धिक जीवनको अग्रभागमा रहन्छ र साँस्कृतिक आदान प्रदानलाई प्रवद्र्धन गर्न र हाम्रो जीवनलाई प्रभावित पार्ने सवालहरुलाई हामी कसरी हेर्छाैं भन्ने हाम्रो बुझाइलाई सम्वृद्ध बनाउनका लागि सिनेमा प्रभावकारी माध्यम हो्,’ नेपालस्थित युरोपेली युनियनको डेलिगेसनकी  कार्यवाहक प्रमुख जोयेले हिभोनेटले पत्रकार सम्मेलनमा भनिन् । 

१३ युरोपियन चलचित्र मध्ये रिता हुतानेनले निर्देशन गरेको ‘गड्स् अफ मोलेन्बेक’, लोरेन्ट मिचेली र ओस्कार ले निर्देशन गरेको ‘लोला’ र आराश टी. रिहाहीले निर्देशन गरेको ‘अस्कर एण््ड लिली’मा नेपाली सब्टाईटल हुने  छन् । 

महोत्सवमा भर्खरै प्रदर्शन भएर चौतर्फी प्रशंसा कमाएको  ‘ऐना भ्mयालको पुतली’ पनि प्रदर्शन हुनेछ ।  किरण श्रेष्ठले निर्देशन गरेको ‘येट अनदर विन्टर’ र विशाल रोक्का मगरले निर्देशन गरेको ‘गोर्खा गल्र्स्’ उत्सवमा देखाईने अन्य दुई नेपाली चलचित्रहरू हुन् । 

महोत्सवको सद्भावना दूत नायिका केकी अधिकारी हुनुहुन्छ । केकी अधिकारीले कार्यक्रममा बोल्दै युरोपेली चलचित्रको प्रदर्शनले सिनेमा साक्षरतामा अभिवृद्धि गर्ने र नेपाल र युरोपबीच सहकार्यका ढोका खोल्ने विश्वास व्यक्त गरिन् । 

महोत्सवअन्तर्गत  चलचित्र र चलचित्र निर्माणका विभिन्न पक्षहरूसँग सम्बन्धित तीन  पूरक क्रियाकलापहरूको पनि आयोजना हुनेछ । २९ अक्टोबरमा नेपालको समय अनुसार अपरान्ह २ बजे आयोजना गरिने कार्यक्रममा चलचित्र निर्माणमा आर्काइभ अर्थात् पुराना सामग्रीको प्रयोग कसरी गर्न सकिन्छ भन्ने चर्चा गरिनेछ । यस विषयमा युरोपका विज्ञ गाई बोर्ले र नेपाली विज्ञ उलासा गुरुङ्गले आफ्ना अनुभव साट्नेछन् ।  

दोस्रो पूरक कार्यक्रम ‘चलचित्रहरूले वातावरण संरक्षणमा कस्तो योगदान गर्न सक्छन्’ भन्ने विषयको अन्तक्र्रियामा ह्युगो मेज र रोशनी अधिकारी सहभागी हुनेछन् ।  

तेस्रो पूरक कार्यक्रम थेरेसा होफेर्ट दे तुरेगानो र अनुप पौडेलले नोभेम्बर १ अर्थात कार्तिक १५ गते अपरान्ह २ः०० बजे सञ्चालन हुनेछ ।  यो कार्यक्रम युरोपमा फिल्म निर्माणको अवस्था र युरोपेली र नेपाली चलचित्र क्षेत्रमा काम गर्ने व्यक्तिहरू बिच सहयोग र  सहकार्य सम्बन्धी हुनेछ । 

सुर्खेतमा चलचित्रकर्मी सुजित बिडारीले कात्तिक २२ गते कणार्ली प्रदेशका चलचित्रका विद्यार्थी तथा चलचित्रकमीहरुलाई लागि मास्टरक्लास दिनेछन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .