कारोबार


सानिमा बैंकको ‘थ्रि इन वान’ खातामा सी–आस्बा तथा मेरो सेयर सुविधा थप

सानिमा बैंकको ‘थ्रि इन वान’ खातामा सी–आस्बा तथा मेरो सेयर सुविधा थप

नेपालखबर
असोज ३१ , काठमाडौँ

सानिमा बैंकले ग्राहकहरुलाई सेयर कारोबार प्रक्रियामा थप सहजता र सरलता प्रदान गर्न ‘थ्रि इन वान’  खाताको प्रणाली परिष्कृत गरेको छ ।

ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै ‘थ्रि इन वान’ खाताको अनलाइन फारम भर्दा ग्राहकहरुले बैंक खाता, डिम्याट खाता र ट्रेडिङ खाताका साथै सी आस्बा र मेरो सेयरको आवेदन पनि दिन सक्नेछन्। 

साथै, ‘थ्रि इन वान’ पोर्टलको ड्यासबोर्डमा बैंकले सहज र सरल प्रक्रियाका लागि विभिन्न जानकारीहरु लिन मिल्ने व्यवस्था गरिएको बैंकले जनाएको छ। 

यो खाता खोल्न ग्राहकहरुले घरमै बसी सानिमा बैंकको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्। खाता भइसकेका ग्राहकले समेत यसबाट सीआस्बा तथा मेरो सेयरको सुविधा लिन सक्नेछन्।  

सानिमा क्यापिटल र सानिमा बैंकले संयुक्त रुपमा सञ्चालनमा ल्याएको यस खातामा ग्राहकहरुले अनलाइनमार्फत दोस्रो बजारबाट सेयर खरिद र बिक्री गर्न सक्नेछन्। 
 

असोज ३१, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.