कला


‘हिजोआजका कुरा’ अब ठूलो पर्दामा

‘हिजोआजका कुरा’ अब ठूलो पर्दामा

नेपालखबर
असोज ११ , काठमाडौँ

नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिशृङ्खला ‘हिजोआजका कुरा’मार्फत अभिनेता तथा निर्देशक सन्तोष पन्तले आफ्नो परिचय बनाए। 

छ सय ९९ भाग प्रसारण भएर कीर्तिमान बनाउन सफल टेलिशृङ्खलालाई तत्कालीन समयमा टेलिभिजनमा पर्खिने दर्शकको कमी थिएन। विसं २०५३ मा सुरु हुँदा टेलिशृङ्खलाको नाम ‘आजभोलिका कुरा’ रखिएको थियो। तत्कालीन नेपाल टेलिभिजनको महाप्रबन्धक नीर शाहकै सहयोगमा सुरु भएको टेलिशृङ्खला १७ भागपश्चात् ‘भोलिको कुरा’ स्वाभाविक नभएपछि ‘हिजोआजका कुरा’ बन्यो। पाक्षिक कार्यक्रम लोकप्रिय भएपछि साप्ताहिक बन्यो।

उक्त समयमा झुपडीदेखि दरबारसम्म रुचाइए तापनि देशमा आएको राजनीतिक परिवर्तनसँगै २०६३ सालमा यो हास्य टेलिशृङ्खला बन्द भयो। दर्शकले ‘हिजोआजको कुरा’ हेर्ने इच्छा देखाउनु भएपछि अभिनेता पन्तले निजी क्षेत्रको टेलिभिजन कान्तिपुरमा दुई वर्षसम्म एक सय १७ भाग प्रसारण गरे। 

लोकप्रियता नपाउँदा निजी टेलिभिजनसँगको यात्रा लामो भएन। सोह्र देखि १८ घन्टासम्म हुने विद्युत् भार कटौतीले यसलाई धेरै दर्शकसम्म पुग्न दिएको थिएन। अभिनेता पन्तले पुनः यसलाई सानो पर्दामा नभई ठूलो पर्दामा ल्याउँने तयारीमा जुटेका छन्।

उनकै छोरा साकार पन्तले ‘हिजोआजको कुरा’ फिल्ममार्फत निर्देशनमा डेब्यु गर्दै छन्।

अभिनेता सन्तोष भन्छन्, “पुस्तान्तरण गरेको हुँ। नयाँ पुस्तालाई नयाँ सोच भएकै मेकर्स चाहिन्छ भनेर छोरालाई अगाडि सारेको हुँ।”

फिल्ममा हिजोआजकै भइरहेका कुरा देखाइएको उनले बताए। फरक सोचका कुरा, बेथितिका कुरा, विदेशिनेका कुरा, विदेशिएका कुरा, मतभेदका कुरालाई समेटेर फिल्म तयार गरिएको छ। टेलिशृङ्खलाका रुपमा लोकप्रिय भएपछि ठूलो पर्दामा ल्याउँदा ‘द मुभी’ लेखिएको छ। “यसलाई टिभीकै शृङ्खला नबुझियोस् भनेर मुभी नै लेखेका हौँ। टेलिभिजनको दर्शकलाई हलसम्म ल्याउने तयारी छ”, अभिनेता पन्तले भने। 

फिल्ममा उनको जोडी टेलिफिल्ममा झैँ रमा थपलिया छिन्। “फिल्ममा अभिनय गर्दा टेलिफिल्मका दिन सम्झिए। निकै रमाइलो भयो। रिलको जोडीसँग फेरि सहकार्य भयो”, रमाले भनिन्। 

हिजोआजका कुरालाई फिल्मको रुप दिन पाउँदा साकार उत्साहित छन्। “हिजोआजका कुरा हेर्ने र यसलाई रुचाउने ठूलो पर्दामा पाउँदा पक्कै खुसी हुनुहुनेछ। हामीले साख झर्ने काम गरेका छैनौँ। मेरो लागि यही शीर्षक लिएर डेब्यु गर्नु अवसरसँगै चुनौती पनि छ”, साकारले भने।

फिल्ममा ऋचा शर्मा, दिव्य देव, रीमा विश्वकर्मा, केकी अधिकारी, स्व। जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, विनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सविन शाक्य, कमला रेग्मी, रिहान केसीलगायतको अभिनय छ। रासस

असोज ११, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad