ad ad

राजनीति


बालुवाटारमा गठबन्धन बैठक, नमिलेका स्थानमा सहमति जुटाउने तयारी

बालुवाटारमा गठबन्धन बैठक, नमिलेका स्थानमा सहमति जुटाउने तयारी

फाइल तस्बिर


नेपालखबर
असोज ११, २०७९ मंगलबार १३:५३, काठमाडौँ

नमिलेका स्थानको सिट बाँडफाँट मिलाउन सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ।

मंगलबार दिउँसो साढे १ बजेदेखि बसिरहेको गठबन्धनको बैठकले मिल्न बाँकी प्रतिनिधिसभाका करिब १६ सिट र प्रदेशतिरका करिब ३५ सिटको भाग मिलाउने तयारी गरेको छ।

मंसिरमा ४ मा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको सिट बाँडफाँटलाई लिएर गठबन्धन अझै अलमलमा छ। खासगरी पछिल्लो समय कांग्रेसमा देखिएको विवादका कारण गठबन्धनले सिट बाँडफाँट मिलाउन सकेको छैन। 

गठबन्धनले आगामी असोज १६ गतेअघि नै सबै सिट बाँडफाँट मिलाइसक्ने तयारी गरेको छ। गठबन्धनमा कांग्रेसले ८५ आसपास, माओवादीले ४७ आसपास सिट लिने गरी भाग मिलाउन लागेका छन्। 

त्यसैगरी गठबन्धनले प्रदेशसभाको सिट पनि मिलाउन लागेका छन्। गठबन्धनमा सिट बाँटफाँटका लागि कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको नेतृत्वमा ११ सदस्यीय कार्यदल बनाइएको छ।

गठबन्धनले १६५ संघीय निर्वाचन क्षेत्रमध्ये अब १६ देखि १७ वटा मात्रै मिल्न बाँकी रहेको बताइरहेका छन्। यस्तोमा मंगलबार दिनभर बसेर नेताहरुले नमिलेका क्षेत्रको हिसाब मिलाउने तयारी गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .