मनोरञ्जन दुनियाँमा जोडी बन्नु र छुट्नु नौलो कुरा होइन। तर पत्नीसँग सम्बन्धविच्छेदपछि एक्लै बस्दै आएका अभिनेता तथा निर्देशक अरबाज खानले इटालियन मोडल जर्जिया एड्रियानीसँग डेटिङ थालेको खबर छ।
यसलाई अरबाजले स्वीकार पनि गरेका छन्। उनले आफू यो सम्बन्धमा खुसी रहेको पनि बताएका छन्।
त्यतिमात्र होइन, जर्जियाले बलिउडमा डेब्यु गर्ने चर्चा पनि चलिरहेको छ। उनले वेलकम टु बजरंगपुर नामक फिल्ममार्फत अभिनय यात्रा सुरु गर्ने जनाइएको छ।
यो फिल्ममा श्रेयस तलपडे, तिगमान्सु धुलिया, सञ्जय मिश्राजस्ता कलाकार रहनेछन्। एजेन्सी
प्रतिक्रिया