ad ad

राजनीति


धनी देशलाई नेपालको जलवायु क्षेत्रमा लगानी गर्न मन्त्री बस्नेतको आग्रह

धनी देशलाई नेपालको जलवायु क्षेत्रमा लगानी गर्न मन्त्री बस्नेतको आग्रह

नेपालखबर
मंसिर २६, २०७६ बिहिबार ८:३९,

वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले विकसित देशहरुलाई नेपालजस्ता कम विकसित मुलुकहरुमा जलवायु परिवर्तनका क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन्।

‘स्पेनको राजधानी मड्रिडमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले विकसित देशहरुलाई कार्बन उत्सर्जन र बढ्दो तापक्रम न्यूनीकरणसम्बन्धी प्रतिबद्धता कार्यान्वयनमा समेत ध्यानाकर्षण गराएको’ उनको सचिवालयले जनाएको छ।

विकसित देशहरुले आर्थिक लगानी, प्रविधि हस्तान्तरण लगायतका क्षेत्रमा नेपालजस्ता तेस्रो विश्वका मुलुकहरुलाई जलवायु परिवर्तन अनुकूलन नीति निर्माण तथा कार्यक्रमहरुमा सहयोग गर्नसक्ने बस्नेतको भनाइ थियो।

बस्नेतले कार्बन उत्सर्जनको निरन्तर वृद्धिले विश्वको तापमान १.५ डिग्री सेल्सियस तल कायम गर्ने पेरिस सम्झौता समेत कार्यान्वयनमा आउन नसकेको तर्फ पनि अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए।

गत वर्ष मात्रै विश्वभरबाट ५५ अर्ब टन हरितगृह ग्यास उत्सर्जन भएको उल्लेख गर्दै बस्नेतले कार्बन उत्सर्जनको सो बृद्धिदरले नेपाल जस्ता कम विकसित देशहरु उच्चतम जोखिममा रहेको उल्लेख गरेका थिए।

विश्वको २० प्रतिशत जनसंख्या रहेको दक्षिण एसियाको पानीको स्रोत हिन्दु–कुश हिमालय क्षेत्रमा निर्भर रहेको हुँदा पर्यावरणीय समस्याले यस क्षेत्रको ताजा खानेपानीका स्रोतहरु जोखिममा रहेको औंल्याए।

उनले हिमालभन्दा तल्लो तटीय क्षेत्र र पहाडमा बसोवास गर्ने ठूलो जनसंख्या हिमताल विस्फोटन, अत्यधिक पहिरो, बाढी तथा डुबानको जोखिममा रहेको जानकारी पनि गराएका थिए।
बस्नेतले सम्मेलनलाई सम्बोधन गर्दै नेपालले जलवायु परिवर्तनको विषयलाइ प्राथमिकतामा राखेर आगामी अप्रिल महिनामा अन्तर्राष्ट्रिय मञ्चको रुपमा ‘सगरमाथा सम्वाद कार्यक्रम’ को आयोजना गरेको जानकारी दिएका थिए। उनले सम्मेलनका सहभागीहरुलाई नेपाल भ्रमण वर्ष–२०२० मा नेपाल भ्रमण गर्न निम्ता गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .