ad ad

कार


विद्युतीय एमजी जेडएस एसयूभी गाडी सार्वजनिक, सुरू मूल्य ५० लाख पर्ने

विद्युतीय एमजी जेडएस एसयूभी गाडी सार्वजनिक, सुरू मूल्य ५० लाख पर्ने

नेपालखबर
मंसिर २६, २०७६ बिहिबार ८:४३,

नेपालका लागि एमजी गाडीको अधिकृत वितरक तथा आयातक पारामाउन्ट मोटर्स प्रालिले नक्साल शोरुमबाट आफ्नो प्रतिक्षित नयाँ विद्युतीय एसयूभी एमजी जेडएस गाडी सार्वजनिक गरेको छ।

कार्यक्रममा कम्पनीले ४० जना ग्राहकहरुलाई एमजी जेडएस इभी हस्तान्तरणसमेत गरेको छ। एमजी जेडएस इभीले यो भेरियन्टका लागि जुलाईमा प्रिबुकिङ्ग खुलाएको थियो जसमा नेपालमा १५० भन्दा बढी बुकिङ्ग भइसकेको छ।

DB9A5529_copy.jpg

विद्युतीय एसयूभी एमजी जेडएसले ११० किलोवाट पावर र ३५० एनएम अधिकतम टर्क दिन्छ र यसमा भएको लिथियम आयन ब्याट्रीले ३० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुन्छ। एमजी जेडएस इभीलाई एक पटक चार्ज गरेपछि ४२८ किमीसम्मको माइलेज दिन्छ र यसको ब्याट्री लाइफमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी रहेको छ। यो गाडी ४९ लााख ९९ हजार रुपैयाँ शुरुवाती मूल्यमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

DB9A5527_copy.jpg

पारामाउन्ट मोटर्स प्रालिका जनरल म्यानेजर सचिन अर्यालले भने ‘हाम्रो नयाँ विद्युतीय एसयुभी एमजी जेडएस इभी नेपालमा सार्वजनिक गर्न पाउँदा निकै उत्साहित छौं। एमजी जेडएस इभीले नेपालको विद्युतीय गाडीको बजारमा नयाँ बेन्चमार्क कायम गर्नेछ भन्ने आशा राखेका छौं। हामीले अन्य ६६ थान गाडीहरु जनवरी २०२० को पहिलो हप्ताभित्रै ग्राहकहलाई हस्तान्तरण गर्नेछौं र वितरण प्रत्येक महिना जारी रहने छ।’

DB9A5531_copy.jpg

एमजी, मोरिस ग्यारेज ९६ वर्ष पुरानो ब्रिटिस ब्राण्ड हो जसको युरोप, नेदरल्याण्ड, नर्वे, भारत, श्रीलंका, थाइल्याण्ड, इन्डोनेशिया, चिली, अष्ट्रेलिया, न्यूजील्याण्ड, मिडल इस्ट र नेपालमा उच्च माग रहेको छ। यसको नयाँ भेरियन्ट एमजी जेडएस इभीले युरोपमा तीन हजार भन्दा बढी अर्डर प्राप्त गरिसकेको छ। विश्वभर एमजीका उत्पादनहरु ६० भन्दा बढी देशहरुमा बिक्री हुँदै आइरहेको छ।

DB9A5523_copy.jpg

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .