ad ad

कला


‘प्रेमगीत ३’ का विषयमा ‘कपिल शर्मा शो’मा जाँदै मनीषा र गोविन्दा

‘प्रेमगीत ३’ का विषयमा  ‘कपिल शर्मा शो’मा जाँदै मनीषा र गोविन्दा

नेपालखबर
भदौ २२, २०७९ बुधबार ८:२०, काठमाडौँ

नेपाली फिल्म ‘प्रेमगीत ३’ का विषयमा बलिउड स्टार मनीषा कोइराला र गोविन्दाले ‘कपिल शर्मा शो’मा जाने तयारी गरेका छन्।

भारतीय चर्चित शो मा ‘प्रेमगीत ३’का तर्फबाट सहभागिता जनाउन गरिएको प्रस्तावमा मनीषा र गोविन्दाले सहमति जनाएको निर्माता सन्तोष सेनले जानकारी दिए।

शो मा सहभागिताका लागि भारतीय निर्माताले सञ्चालक कपिल शर्मालाई आग्रह गरेका थिए। कपिलले आफ्नो शो मा ‘प्रेमगीत ३’लाई लैजाने नलैजाने भन्ने निर्णय भने दिइसकेका छैनन्।

सेनले भने, ‘उहाँले सेड्युल मिलाएर निधो दिन्छौं भन्नुभएको छ। यदि सुटिङ भयो भने सेप्टेम्बर १५ तिर हुन्छ।’

सेनसहित ‘प्रेमगीत ३’ टिमले मुम्बईस्थित मनीषा निवासमा यसबारे छलफल गरेका थिए।

मनीषाले सामाजिक सञ्जालमार्फत यो फिल्मको प्रमोसन गरिरहेकी छन्। प्रदीप खड्का स्टार ‘प्रेमगीत ३’ आगामी असोज ७ गतेबाट नेपाल र भारतका हलमा एक साथ प्रदर्शनमा आउँदै छ। याे फिल्म नेपालमा नेपाली भाषामा र भारतमा हिन्दी भाषामा रिलिज हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .