कलाकार दीपकराज गिरी नेपाली फिल्म उद्योगको सफल नाम हो। लामो समय उद्योगमा बिताएका गिरी अभिनयमा मात्र होइन, निर्माताका रुपमा पनि सफल मानिन्छन्।
उनी आफ्ना कुराहरु स्पष्ट रुपमा राख्ने कलाकार पनि हुन्। सामाजिक सञ्जालमा सक्रिय दीपक आफ्ना कुरा सञ्जालमार्फत अभिव्यक्त गरिरहन्छन्।
गिरी नेपाली फिल्मलाई प्रदर्शकले गरेको विभेदबारे आवाज उठाउँथे। उनले आवाज उठाइरहेका बेला उद्योगका अन्य मौन थिए।
अहिले नेपाली फिल्म प्रदर्शनमा चर्को विभेद देखिएको छ। अरुले आवाज उठाइरहेका छन्। तर दीपक मौन छन्।
आखिर किन माैन छन् त दीपक?
सञ्चारकर्मीको यो जिज्ञासामा गिरी बोल्नै चाहँदैनन्।
उनी भन्छन्, ‘भो भो यो विषयमा नबोलौं।’
सायद उनका हरेक कुरालाई विवादमा तानेर गरिएको टिप्पणीसँग उनी हैरान छन्। आफ्नो फिल्म ‘छक्का पन्जा ४’को छायांकनमा व्यस्त रहेका गिरीले चासो भएर पनि उद्योगको विभेदका बारेमा बोलेका छैनन्।
Shares

प्रतिक्रिया