ad ad

राजनीति


गठबन्धनमा असहमति छैन, म राष्ट्रपति बन्ने हल्ला मात्र हो : प्रचण्ड

गठबन्धनमा असहमति छैन, म राष्ट्रपति बन्ने हल्ला मात्र हो : प्रचण्ड

तस्बिर: दिनेश बुढा/नेपालखबर


नेपालखबर
भदौ १७, २०७९ शुक्रबार ९:७, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिट बाँडफाँटको विषयमा सत्तारुढ गठबन्धनभित्र असहमति नभएको दाबी गरेका छन्। 

सुर्खेत विमानस्थलमा संचारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले सो कुरा बताएका हुन्। ‘असहमति छैन। प्रभावकारी कसरी बनाउने भन्नेतिर नै छलफल केन्द्रीत छ।’ प्रचण्डले भने। 

प्रदेश र केन्द्रमा सन्तुलन मिलाएर जाने। हामी एक्लै जित्ने ठाउँमा अन्य गठबन्धनका दलहरुलाई समायोजन गरेर लाने तयारी भएको प्रचण्डले बताए। 

साथै, उनले आफू राष्ट्रपति बन्ने हल्ला विल्कुल गलत भएको बताए।

संचारकर्मीले तपाईं राष्ट्रपति बन्न लागेको हो? भन्ने प्रश्नको जवाफ दिँदै प्रचण्डले भने, ‘म राष्ट्रपति बन्ने कुरा विल्कुल गलत हो। म प्रष्ट भनिसकेको छु चितवनको क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .