नेपाली फिल्म उद्योगमा नायिका पूजा शर्मा र निर्देशक सुदर्शन थापाको क्यामेस्ट्री निक्कै राम्रो देखिन्छ। फिल्म ‘मधुमास’बाट सुरु भएको पूजा र सुदर्शनको दोस्ती बजारका गसिप र चर्चाले पनि टुटाउन सकेको छैन।
सुदर्शन निर्देशित फिल्म ‘प्रेमगीत’बाट लिड क्यारेक्टरमा देखिन थालेकी पूजाले त्यसयता पछाडि फर्किएर हेर्नु परेको छैन। भैले उनी होम–प्रोडक्सन बाहिर चल्न सकेकी छैनन्।
पूजा आफैंमा विश्वास गर्ने नायिका हुन्। यतिबेला भने पूजा आफूमा भन्दा सुदर्शनको भरोसामा हिडिरहेकी छिन्। सुदर्शनको निर्देशन तथा उनको अभिनय रहेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ आजबाट प्रदर्शनमा आउँदैछ। यहि फिल्म प्रचारका क्रममा पूजाले आफूलाई सुदर्शनप्रति भरोसा रहेको बताइन।
उनले फिल्मको कथामा भन्दा सुदर्शनमा बढी विश्वास र भरोसा रहेको बताइन। उनले भनेकी छिन् ‘उहाँको निर्देशनमा मलाई विश्वास लाग्छ।’ सुदर्शनले दिने कन्टेन्टमै आफूलाई भरोसा लाग्ने र कन्टेन्ट राम्रो भए मात्र फिल्म राम्रो हुने उनको तर्क छ।
उनले उद्योगमा लागेको लामो समयपछि स्टार भन्दा कन्टेन्ट महत्वपूर्ण भनेर बुझेको बताएकी छिन्। त्यो कन्टेन्ट दिने कुरामा आफूलाई सुदर्शनप्रति भरोसा रहेको बताइन। पूजाको भरोसा आजबाट हलमा लागेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ले कतिसम्म धान्ने हो त्यो भने केहि दिनमै देखिने छ।
Shares

प्रतिक्रिया