नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ अभिनित फिल्म ‘सम्हालिन्छ कहिले मन’ आजबाट प्रदर्शनमा आउँदैछ। फिल्म प्रचारका क्रममा कलाकार तथा निर्माण टिमले अनेक फण्डा गर्यो। प्रचारको आखिरिमा निर्माण टिमले हेलिकप्टरको प्रयोग गरेको छ।
फिल्म प्रदर्शनको अघिल्लो दिन काठमाडौंको त्रिभुवन विमानस्थलबाट फिल्मका शिर्ष कलाकार पूजा र आकाशका साथमा सोन मतोप्देन हेलिकप्टरबाट चोभार पुगे। चोभारमा हेलिकप्टर ल्याण्ड भएपछि हेलिकप्टरबाटै फूल वर्षाएर फिल्मको प्रचार गरे।
नेपाली फिल्म छायांकनका लागि चोभार एकताका निक्कै चर्चित थियो। पछिल्लो समय उक्त लोकेशनमा कमै मात्र फिल्म छायांकन हुन्छन्। नेपाली फिल्मको इतिहासमा सबैभन्दा धेरै छायांकन स्थलका रुपमा प्रयोग भएको चोभारलाई सम्मान गर्दै फिल्म प्रचारका लागि चोभार रोजेको पूजा शर्माले बताइन।
नायक आकाश श्रेष्ठले उचाइमा पुगेर फिल्मको प्रमोशन गर्न पाउँदा खुशी लागेको बताए। उनले फिल्म उत्कृष्ट बनेको बताउँदै दर्शकलाई फिल्म हेरिदिन आग्रह समेत गर्न भ्याए।
यहि फिल्मबाट रजतपटमा देखा परेका सोन मतोप्देन पहिलो फिल्मबाटै आफूले पाएको मायालाई भावुक देखिए। उनले राम्रो टिमसँग काम गर्न पाएकोमा खुशी समेत व्यक्त गरे।
एबी प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मको छायांकन सौरभ लामाले गरेका हुा्।
सुदर्शन थापाले निर्देशन गरेको फिल्ममा अर्जुन पोख्रेलले संगीत गरेका छन्।
Shares

प्रतिक्रिया