ad ad

कला


सन्तोष सेनले सम्बोधन गरे दर्शकको माग

सन्तोष सेनले सम्बोधन गरे दर्शकको माग

नेपालखबर
भदौ १, २०७९ बुधबार ८:३०, काठमाडौँ

अहिले नेपाली फिल्म उद्योगमा ‘प्रेमगीत ३’को निक्कै चर्चा छ। यो फिल्म नेपाल र भारतमा एक साथ प्रदर्शन हुँदैछ। आगामी असोज ७ गतेबाट प्रदर्शनमा आउँने तयारीमा रहेको यो फिल्म नेपालमा नेपाली भर्सन तथा भारतमा हिन्दी भर्सनमा प्रदर्शनमा आउँने भएको थियो। 

केहि दिन अघि निर्माता समेत रहेका निर्देशक सन्तोष सेनले फिल्मको नेपाली र हिन्दी भर्सन दुबैमा टिजर सार्वजनिक गरे। टिजर सार्वजनिक भएसँगै दर्शकले नेपालमा हिन्दी भर्सन पनि रिलिज गर्नु पर्ने माग गरे। सन्तोषले दर्शकको यो माग सम्बोधन गर्ने भएका छन्। 

अब ‘प्रेमगीत ३’को हिन्दी भर्सन नेपालमा पनि रिलिज हुने भएको छ। हिन्दी भर्सनको नेपाल रिलिज लाई लिएर सन्तोष सेनले भने ‘हिन्द् टिजरलाई दर्शकले निकै रुचाउनु भएको छ। हिन्दी भर्सनको धेरै डिमान्ड हुन थालेपछि नेपालमा पनि रिलिज गर्न लागेका हौँ। हिन्दी डबको वितरकसँग छलफल गरेर केही दिनमै प्रदर्शन मिति तोक्ने छौँ। नेपाली रिलिज भएको केही दिनमै हिन्दी भर्सन पनि रिलिज हुने छ।’

‘प्रेमगीत ३’को हिन्दी भर्सनमा दक्षिण भारतीय फिल्म डब गर्ने कलाकारले आवाज भरेका छन्। यो फिल्म निर्देशनमा निर्माता सन्तोष सेनले स्वर्गीय छेतेन गुरुङसँग सहकार्य गरेका छन्। फिल्ममा प्रदीप खड्का र क्रिस्टिना गुरुङले मुख्य भूमिकामा रहेर अभिनय गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .