संगीतकर्मी सञ्जीव बराइलीसँग इन्गेजमेन्ट गरेर तोडेकी गायिका मेलिना राईले आफ्नो यो निर्णय पितृसत्तात्मक सोचविरुद्ध भएको बताएकी छन्।
केही दिनअगाडि मेलिनाले दुई जनाबीच विचार नमिलेको भन्दै बराइलीसँग गरेको इन्गेजमेन्ट तोडेकी थिइन्।
त्यसपछि पहिलोपटक यस विषयमा उनले आफ्नो धारणा राखेकी हुन्। बराईलीसँग इन्गेजमेन्ट गर्ने पहिलो निर्णय जातीय विभेदविरुद्ध र यो तोड्ने दोस्रो निर्णय पितृसत्तात्मक सोचविरुद्ध भएको मेलिनाले बताएकी हुन्।
‘मेरो पहिलो निर्णय– समाजमा विद्यमान जातीय विभेदको विरुद्धमा थियो। मेरो दोस्रो निर्णय– पितृसत्तात्मक सोचको विरुद्धमा हो’, गायिका मेलिनाले भनेकी छन्, ‘मेरो विचारमा मान्छे मान्छे बीचमा हुने सबै खाले अन्यायको अन्त्य हुनुपर्छ। समानता र न्यायपूर्ण समाजको स्थापना हुनु एकदम जरुरी छ।’
Shares
प्रतिक्रिया