कला


केसीलाई हमालले बल्ल दिए बधाई

केसीलाई हमालले बल्ल दिए बधाई

नेपालखबर
साउन १९, २०७९ बिहिबार ११:५३, काठमाडौँ

भुवन केसी र राजेश हमाल नेपाली फिल्म उद्योगमा स्थापित नाम हुन्। लगभग एकै समय अभिनय क्षेत्रमा आएर स्थापित यी दुई अभिनेताबीच एक समय बोलचाल समेत बन्द भएको थियाे। 

हमाल र केसी कुनै समय सार्वजनिक मञ्च समेत सेयर गर्दैनथे। आकलझुक्कल भेट हुँदा पनि यी दुई गला मिलाएनन्।

पछिल्ला केही वर्षयता भने बजारमा हल्ला भएजस्तो सम्बन्ध नराम्रो नभएको बताउने गरिए पनि यी दुईको सम्बन्ध राम्रो छैन भनेर नेपाली चलचित्र उद्योग जानकार छ।

केही दिनअघि मात्रै भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भए। त्यही दिन हमालले सामाजिक सञ्जालमा एउटा भिडिओ पोस्ट गरे। भिडिओमार्फत भुवनको नियुक्तिलाई हमालले व्यंग्य गरेको प्रतिक्रिया आउँदा पनि हमाल मौन रहे। 

अग्रजदेखि अनुज पुस्तासम्मका सबै कलाकारले भुवनलाई बधाई तथा शुभकामना दिँदा हमालले भने दिएका थिएनन्। भुवन चलचित्र बाेर्ड अध्यक्ष भएको एक साता भन्दा लामो समय बितेपछि हमालले केसीलाई बल्ल सुझावसहित बधाई दिएका छन्।

हमालले भनेका छन् ‘उहाँले एउटा नयाँ जिम्मेवारी बहन गर्नुभएको छ। कला क्षेत्रमा क्षेत्रमा उहाँले यति धेरै समय व्यतीत पनि गर्नुभएको छ। मैले बुझेको र जानेको कला नै हो भन्नुहुन्छ। यसैले आफ्नो कार्यकालमा यो क्षेत्रलाई एउटा किसिमको दिशा दिएर आफ्नो जिम्मेवारी वहन गर्नुहोला।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad