नेपाली कथानक चलचित्र ‘पानीफोटो ’को ट्रेलर सार्वजनिक भएको छ।
आगामी साउन ३१ गतेबाट अल नेपाल रिलिजको तयारीमा रहेको ‘पानीफोटो’ फिल्म उद्योगको प्रतीक्षित फिल्म हो।
पौने ३ मिनेट लामो ट्रेलरमा सशस्त्र द्वन्द्वको समयमा बेपत्ता छोरो खोजिरहेका बाबु आमाको कथा प्रस्तुत गरिएको छ।
यहि फिल्म मार्फत खगेन्द्र लामिछाने निर्देशनमा डेब्यु गर्दैछन्।
१२ वर्ष पहिले गुरुकुलमा मञ्चन भएको नाटक ‘पानीफोटो’ माथि निर्माण भएको कथालाई फिल्ममा रुपान्तरण खगेन्द्र आफैँले गरेका छन्।
खगेन्द्रकै लेखन तथा निर्देशन रहेको यो फिल्ममा खगेन्द्रले अभिनय पनि गरेका छन्।
अनुप बराल र मेनुका प्रधानले फिल्ममा छोराको खोजीमा निस्किएका बाबुआमाको भूमिका निर्वाह गरेका छन्।
फिल्मको ट्रेलर सार्वजनिक गर्दै खगेन्द्रले भनेका छन् ‘फिल्ममा माओवादी जनयुद्धको समयमा झन्डै डेढ दशक अगाडि बेपत्ता भएको छोराको पर्खाइमा बसेका बा–आमाको कथालाई दर्शक माझ लिएर आएका छौँ। यसलाई फिल्म बनाएर दर्शकसम्म पुर्याउने मेरो सपना थियो। मैले नाटक मञ्चनको समयमा यसलाई फिल्म बनाउने निर्णय लिएको थिएँ।’
Shares

प्रतिक्रिया