अभिनेत्री सुरक्षा पन्त ‘कान्स फिल्म फेस्टिभल’ मा सहभागी हुन फ्रान्स गएकी छिन्। मे १७ (आज)बाट सुरु भएको फेस्टिभल आगामी २८ तारिखसम्म चल्ने छ।
७५ औँ संस्करणको यो फेस्टिभलमा सुरक्षा रेड कार्पेटमा सहभागी हुनेछिन्।
फ्रान्स हिड्नु अघि सुरक्षाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् ‘कान्स फिल्म फेस्टिभलमा २०२२ मा सहभागी हुन जाँदै छु। सबैभन्दा पहिला त जानको लागि जुन दौडधुप गर्नुपर्छ, त्यो दौडधुपमा मसँगै दौडिने सहयोगी साथीहरुलाई माया अनि सम्मान छ।’
उनले केहि समयअघि एक अन्तर्राष्ट्रिय फिल्ममा अभिनय गरेको र सोही फिल्मको प्रतिनिधित्व गर्दै फेस्टिभलमा सहभागी हुन लागेको उल्लेख गरेकी छिन्।
उक्त फिल्मको केही अंश नेपालको मनाङ्मा छायांकन भएको समेत सुरक्षाले बताएकी छिन्। फिल्म र फेस्टिभलसँग गाँसिएका अनुभव फ्रान्सबाट फर्किएपछि साट्ने सुरक्षाको तयारी छ।
Shares

प्रतिक्रिया