नयाँ मिस्टर नेपाल अर्थात ‘मिस्टर नेपाल २०२०’को खोजी सुरु भएको छ।
आयोजक एक्सपोज नेपालले मोफसलबाट नयाँ मिस्टर नेपालको खोजी सुरु गरेको हो।
गत कातिक २५ गतेदेखि धनगढीबाट सुरु भएको प्रतियोगिताको पहिलो चरणको धनगढी, वीरगञ्ज हुँदै सोमबार चितवनमा आयोजना गरिएको थियो। वीरगञ्ज अडिसनबाट ९ र चितवनबाट ४ युवा फाइनल प्रतिस्पर्धाका लागि छानिन सफल भएको आयोजक एक्सपोज नेपालकी सीईओ अर्चना थापाले जानकारी दिइन्। दुबै अडिसनमा दुई दर्जन बढी सहभागी रहेका थिए।
सीईयो अर्चना थापा, रवीन्द्र श्रेष्ठ, दीपक शाक्य, दीपराज वर्णवाल, सन्तोष लगायतक छनौट चरणको निर्णायकमा रहेका छन्। प्रतियोगिताको छनौट चरणको अडिसन १० गते मंगलबार बुटवल, १२ गते पोखरा र १४ गते काठमाडौमा आयोजना हुनेछ। काठमाडौ अडिसन पछि छनौट चरणको अडिसन सकिने आयोजकले जनाएको छ।
१७ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुले सहभागिता रहने प्रतियोगितामा पहिलो चरणको अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, व्यक्तित्व विकास, पब्लिकस्पिकिङ लगायतका दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी गराइनेछ।
युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको छ।
प्रतियोगिताको विजेताले शीर्ष उपाधिका साथमा अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगिता मिष्टर वल्र्ड २०२० मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।

प्रतिक्रिया