कला


नयाँ नियमसहित खुल्यो मिस नेपालको आवेदन

नयाँ नियमसहित खुल्यो मिस नेपालको आवेदन

मिस नेपाल २०२० की विजेता नम्रता श्रेष्ठ


नेपालखबर
बैशाख ६, २०७९ मंगलबार ११:१८, काठमाडौँ

मिस नेपाल प्रतिस्पर्धाको नयाँ संस्करणका लागि आवेदन खुलेको छ।

आयोजक ‘द हिडन ट्रेजर’ले पत्रकार सम्मेलन गर्दै ‘मिस नेपाल २०२२’को आवेदन खुलेको घोषणा गरेको हो। 

आगामी असार ४ गते मिस नेपाल २०२२ को ग्रान्ड फिनाले हुनेछ। ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टर हुने प्रतियोगिताका लागि यो संस्करणबाट केही मापदण्ड परिवर्तन गरिएको छ। 

प्रतियोगीको उचाइ १ इन्च घटाएर ५ फिट ३ इन्च तोकिएको छ । प्रतियोगीको उमेर पनि १८ वर्षदेखि २७ वर्ष कायम गरिएको छ ।

यसपटक सुप्रान्यासनल टाइटललाई हटाइएको छ । प्रतियोगितामा धेरै प्रतियोगीले भाग लिन सकुन् भन्ने उद्देश्यले नियम परिवर्तन गरिएको हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले बताए।

प्रतियोगिताका अघिल्ला संस्करणमा हुँदै आएका मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल टाइटललाई निरन्तरता दिएको बताउँदै अध्यक्ष राजकर्णिकारले प्राविधिक कारणले सुप्रान्यासनल टाइटल भने हटाएको बताए। 

यसपटक देशका सातै प्रदेशमा अडिसन लिने हिडन ट्रेजरको तयारी रहेको छ। वीरगञ्ज, धरान, नेपालगञ्ज, पोखरा, सुर्खेत र काठमाडौंमा अप्रिल २२ देखि मे १० सम्म प्रतियोगिताका लागि अडिसन चल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad