जिल्ला अदालतले बहुविवाहको मुद्दामा नायिका शिल्पा पोखरेललाई साधारण तारेखमा छाड्न आदेश दिएको छ।
बहुविवाहको मुद्दामा फरार रहेकी शिल्पा शुक्रबार सुटुक्क जिल्ला अदालत, काठमाडौंमा हाजिर भएकी हुन्। शुक्रबारै उनलाई अदालतले साधारण तारेखमा छाड्ने आदेश दिएको हो।
निर्माता छविराज ओझाकी पहिलो पत्नी हिमा ओझाले छवि र शिल्पाविरुद्ध दिएको बहुविवाहको उजुरी दिएकीप् थिइन्।
उनीहरुविरुद्ध महिला सेल, कालिमाटीले साउन ८ गते पक्राउ पूर्जी जारी गरेको थियो।
पुर्जीविरुद्ध सर्वोच्चमा पुगेकी शिल्पा सर्वोच्चले मुद्दा खारेज गरेपछि शुक्रुबार अदालत उपस्थित भएकी हुन्। न्यायाधीश मुकेश उपाध्यायको इजलासले उनलार्य साधरण तारेखमा छाड्न आदेश दिएको हो।
छवि ओझा र हेमाकुमारी ओझाबीच यसअघि नै अंशबन्डा भइसकेको देखिएकालेप्रारम्भिक आधार र प्रमाणका आधारमा शिल्पा दोषी हुन नसक्ने ठहर जिल्ला अदालतले गरेको छ।

प्रतिक्रिया