कला


गायिका लता मंगेशकरको ‘अन्तिम भिडिओ’ सार्वजनिक, भयो भाइरल

गायिका लता मंगेशकरको ‘अन्तिम भिडिओ’ सार्वजनिक, भयो भाइरल

नेपालखबर
माघ २४, २०७८ सोमबार १९:२, काठमाडौँ

प्रख्यात् भारतीय गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा आइतबार, फेब्रुअरी ६ मा निधन भएको छ। कोरोना संक्रमण भएपछि उनलाई मुम्बईको ब्रिच क्यान्डी अस्पताल भर्ना गरिएको थियो। उनी पछिल्लो २९ दिनदेखि कोरोना र निमोनियासँग लड्दै थिइन्। 

अहिले सामाजिक सञ्जालमा लता मंगेशकरको एउटा भिडिओ निकै भाइरल भइरहेको छ, जसमा लता देखिएकी छन्। यो भिडिओ गत महिना अस्पताल भर्ना हुँदाको हो भन्ने दाबी गरिएको छ, तर आफूले यसको पुष्टि गर्न नसकेको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ। 

भिडिओमा लता मंगेशकर दुई महिलाको सहारामा हिँडिरहेको देखिन्छ। लता निकै कमजोर देखिएकी छन्, अवस्था निकै नाजुक देखिन्छ। लताको यो अवस्था देखेर उनका फ्यान निकै भावुक भई प्रतिक्रिया जनाइरहेका छन्। 

हेर्नुहोस् लता मंगेशकरको ‘अन्तिम भिडिओ’– 

घरको कर्मचारीमा कोरोना देखिएपछि जँचाएकी थिइन्
दैनिक भास्करका अनुसार लता झण्डै २ वर्षदेखि घरबाट निस्केकी थिइनन्।  उनी कहिलेकाहीँ सामाजिक सञ्जालमार्फत आफ्ना फ्यानलाई सन्देश दिने गर्थिन्। बढ्दो उमेर र घट्दो स्वास्थ्यका कारण उनी धेरैजसो समय कोठामा बिताउँथिन्।

उनको घरका एक कर्मचारीमा कोरोना पुष्टि भएपछि उनको पनि कोरोना परीक्षण गरिएको थियो। त्यस क्रममा गत जनवरी ८ मा उनको रिपोर्ट पनि कोरोना पोजिटिभ आएको थियो।

त्यसपछि उनलाई मुम्बईको ब्रिच क्यान्डी अस्पताल भर्ना गरिएको थियो। निधन हुनुभन्दा करिब ५ दिनअघिदेखि उनको स्वास्थ्यमा सुधार आउन थालेको थियो। तर एकाएक स्वास्थ्य बिग्रियो र आइतबार बिहान उनले अन्तिम सास लिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad