बलिउड अभिनेता आमिर खानकी छोरी ऐरा खान यतिबेला आफ्नो तौल बढेकोमा चिन्तामा छिन्। यो कुरा उनी स्वयंमले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी हुन्।
उनका अनुसार ४–५ वर्षयता उनको तौल २० किलो बढेको छ। जसले गर्दा समस्या भइरहेको उनले बताएकी छन्।
इराले आफ्ना प्रेमी नुपुर शिखरसँगका धेरै तस्बिर पोस्ट गरेकी छन्। सोही पोस्टमा उनले तौल घटाउन आफू १५ दिनसम्म उपवास बसेको जानकारी गराएकी हुन्।
इराले जर्मनीको बोडेनसी (लेक कन्स्टेन्स) मा रहेको क्लिनिक बुचिंगर विल्हेल्मीको स्थान ट्याग गरेकी छन्। यी तस्बिर जर्मनी ट्राभलिङका हुन्, नुपुरसँग क्रिसमस मनाउँदै, उनकी साथी स्मृति पलसँग पोज दिँदै।
एउटा तस्बिरमा इराले मिठाईसँग पोज दिँदै लेखेकी छन् - खान सक्दिनँ तर यसको मतलब के होइन भने म यससँग पोज दिन सक्दिनँ!

243
Shares

प्रतिक्रिया