कला


‘जहिले ब्रेकअप भएपछि झन्डै आत्महत्या गरेकी थिएँ, तर अझै प्रेममा पर्न तयार छु’

‘जहिले ब्रेकअप भएपछि झन्डै आत्महत्या गरेकी थिएँ, तर अझै प्रेममा पर्न तयार छु’

दुवै तस्बिर : साक्षी चोपडा


नेपालखबर
पुस २२, २०७८ बिहिबार ८:२३, काठमाडौँ

‘रामायण’जस्ता सुपरहिट शो बनाएका रामानन्द सागरकी नातिनी साक्षी चोपडा संगीतमा करियर बनाउन चाहन्छिन्। साक्षीले १० वर्षको उमेरदेखि वेस्टर्न भोकलमा तालिम लिइन् र १८ वर्षको उमेरमा लन्डनको ट्रिनिटी कलेजबाट रक एन्ड पपमा ८ वर्षको डिग्री हासिल गरिन्। अहिले उनी आफ्नो पहिलो म्युजिक एल्बम सार्वजनिक गर्ने तयारीमा छिन्।

हालसालै भारतीय पत्रिका दैनिक भास्करसँगको विशेष कुराकानीमा उनले आफ्नो पहिलो एल्बम आफ्नो प्रेम जीवनसँग सम्बन्धित रहेको बताएकी छन्। जीवनमा उनले प्रेम सम्बन्धमा धेरै पीडा भोगेकी छन्। यो अनुभव उनी संगीतका माध्यमबाट मानिसमाझ पुर्‍याउन चाहन्छिन्। कुराकानीका क्रममा उनले आफू डिप्रेसनको सिकार भएको र झन्डै आत्महत्या गरेको खुलासा पनि गरेकी छन्। 

यस विषयमा उनको अन्तर्वार्ताका केही अंश– 

म संगीतका माध्यमबाट आफ्ना विचार संसारसम्म पुर्‍याउन चाहन्छु
९ वर्षको उमेरदेखि नै मैले गायक बन्ने सपना देखेको थिएँ, हरेक दिन आफ्नो एल्बम कहिले रिलिज होला भनेर सोच्ने गर्थें। म अन्ततः आफ्नो सपनाको नजिक देख्न सक्षम भएको छु। म को हुँ र म के सोच्छु भनेर संसारलाई देखाउन तयार छु। मेरो संगीतको विधा पप र आर एन्ड बी हो। म संगीतका माध्यमबाट आफ्ना विचार संसारसम्म पुर्‍याउन निकै उत्साहित छु।

मैले प्रेममा धेरै पीडा भोगेकी छु 
मैले प्रेम सम्बन्धमा धेरै उतारचढाव भोगेकी छु। जहिले पनि ब्रेकअप। साह्रै पीडादायी भयो। कहिलेकाहीँ लाग्छ– जीवनमा केही बाँकी छैन। तपाईं कसैलाई विश्वास गर्नुहुन्छ र उसले विश्वासघात गर्छ भने साँच्चै त्यो निकै पीडादायी हुन्छ। मैले मेरो प्रेम जीवनमा धेरै पीडा भोगेकी छु, त्यसैले यही विषयमा पहिलो म्युजिक एल्बम बनाउने सोचेको छु। म यो गीतमार्फत किशोरकिशोरीहरूलाई प्रेरणा दिन चाहन्छु। म उनीहरूलाई आश्वस्त पार्न चाहन्छु– सम्बन्ध मात्र सबै कुरा होइन। मायामा धोका पाएको छौ भने जीवनमा हार नमान। यो एल्बम मेरो वास्तविक जीवनको अनुभवमा आधारित छ।

मेरो पार्टनरमा वफादारी–साहसिक गुण हुनुपर्छ
म जीवनमा डिप्रेसनको सिकार पनि भएको थिएँ भन्ने कुरा अस्वीकार गर्दिनँ। पहिले आत्महत्या गर्ने सोच आउँथ्यो, तर अहिले त्यो अवस्थाबाट बाहिर आएकी छु। मेरो परिवारका सदस्यहरूले मलाई यो चरणमा धेरै मद्दत गर्नुभयो, विशेषगरी मेरी आमा। उहाँले मलाई धेरै साथ दिनुभयो– मानसिक र भावनात्मक रूपमा। समयले सबै घाउ निको पार्छ, होइन र? मेरो अनुभव यस्तै छ। म फेरि प्रेममा पर्न तयार छु। केवल मेरो पार्टनरमा वफादारी र साहसजस्ता गुण हुनुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad