कला


तीन दशकपछि बन्ने भयो ‘प्रेमपूजा’को सिरिज

तीन दशकपछि बन्ने भयो ‘प्रेमपूजा’को सिरिज

नेपालखबर
पुस ६, २०७८ मंगलबार १६:७, काठमाडौँ

एक समयको हिट चलचित्र ‘प्रेमपूजा’को सिरिज बन्ने भएको छ। ३ दशकअघि प्रदर्शन भएको यो चलचित्रको सिरिज सोही चलचित्रबाट रंगिन दुनियाँमा प्रवेश गरेका विमलराज पौडेलले निर्माण गर्ने भएका हुन। उनले ‘दी प्रेमपूजा–२’ निर्माणको औपचारिक घोषणा गरेका छन्। 

चलचित्र ‘दी प्रेमपूजा–२’मा नेपाल र बेल्जियमका दृष्य समावेश हुनेछन्। ‘बी’ कम्पनीको ब्यानरमा निर्माण हुने यो चलचित्रमा क्याराभान नेपालको प्रस्तुति रहनेछ। ‘दी प्रेमपूजा–२’मा सफल पौडेल, एलिजा श्रेष्ठ र रजनी केसीले शिर्ष भूमिकामा रहेर अभिनय गर्नेछन्।

यसैगरी चलचित्रमा सुवास गजुरेल, बबि रोजा ढकाल, सबिता कार्की, मनिषा केसी, दिनेश कुँवर, लक्ष्मण नेपाल लगायतका कलाकारले पनि अभिनय गर्नेछन्। 

चलचित्रमा दयाराम दाहाल र हरि भुषालले गीत लेख्नेछन्। चलचित्र छायांकनमा महेन्द्र थापालाई सहनिर्देशकका रुपमा विनय गौतमले साथ दिनेछन्। 

चलचित्र निर्माणको औपचारिक घोषणा गर्दै निर्देशक विमलले भने, ‘कोरोना महामारीका कारण संकटमा परेको चलचित्र क्षेत्रमा नयाँ उर्जा थप्ने उद्देश्यले यो चलचित्र बनाउन लागेको हुँ।’ चलचित्रमा लेखन तथा निर्देशन विमलकै रहने छ। 

विममले यसअघि किसान, जनयुद्ध, नागरिक, पोखराकी कालीलगायतका चलचित्र निर्देशन गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad