कला


‘सूर्यवंशी’को कमाइ पाँच दिनमा सय करोड, नेपालमै तीन करोड नजिक

‘सूर्यवंशी’को कमाइ पाँच दिनमा सय करोड, नेपालमै तीन करोड नजिक

नेपालखबर
कात्तिक २४, २०७८ बुधबार २२:१, काठमाडौँ

 गत कात्तिक १९ गतेदेखि प्रदर्शनमा आएको बलिउडको मल्टीस्टारर फिल्म ‘सूर्यवंशी’ ले भारतसहित विश्वभर राम्रो कमाइरहेको छ। 

बलिउड बक्स अफिसमा फिल्मले आम्दानीको मामिलामा रेकर्ड बनाएको छ। 

२६ करोड २९ लाख कमाउँदै गतिलो ओपनिङ गरेको फिल्मले प्रदर्शनको पाँच दिनमा सय करोडको आँकडा पार गरेको छ।
 
दोस्रो दिन २३ करोड ८५ लाख, तेस्रो दिन २६ करोड ९४ लाख, चौथो दिन १४ करोड ५१ लाख र पाँचौ दिन मंगलबार फिल्मले ११ करोड २२ लाख कमाएको ट्रेड एनालिस्ट तरण आदर्शले बताएका छन्। 

प्रदर्शनको पाँच दिनमा फिल्मको कमाई कूल १ सय २ करोड ८१ लाख पुगेको छ। कोरोना महामारीपछि भारतमै सय करोडको व्यापार गर्ने ‘सूर्यवंशी’ पहिलो फिल्म भएको छ।
 
यो फिल्मले नेपालमा पनि आक्रामक व्यापार गरिरहेको छ। नेपालमा यो फिल्मले पाँच दिनमा ३ करोड नजिकको व्यापार गरेको हो। 

रोहित शेट्टी निर्देशित फिल्ममा अक्षय कुमार, कटरिना कैफ, अजय देवगन, रणवीर सिंहले अभिनय गरेका छन्।

फिल्ममा अक्षयको अभिनय र एक्सनलाई दर्शकले रुचाएका छन्। फिल्मले भारतमै २ सय करोड कमाउने अनुमान गरिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad