लागुऔषध मुद्दामा पक्राउ परेका अभिनेता शाहरुख खान पुत्र आर्यन १६ दिनदेखि जेलमा छन्।
आर्यनको जमानतको निवेदन पटक पटक स्थगित भइरहेको छ। अब अक्टोबर २६ मा उनको जमानतको सुनुवाइ उच्च अदालतमा हुनेछ।
यसैबीच, जेलमा रहँदा आर्यन त्यहाँको वातावरणमा घुलमिल थालेका छन् ।
आर्यनको दिनचर्यामा पनि परिवर्तन देखिएको छ। आर्यनले एनसिबी विरुद्ध आरोप लगाएका छन्।
उनले आफ्नो च्याटलाई एनसिबीले गलत तरिकाले अदालतमा पेस गरेको गुनासो गरे। आर्यन ८ अक्टोबरदेखि मुम्बईको आर्थर रोड जेलमा छन्। आर्यनले जेलमा कैदी नम्बर ९५६ पाएका छन्।
च्याट दुरुपयोग भयो
इन्डिया डटकमका रिपोर्टअनुसार आर्यन खानले बम्बई उच्च अदालतमा अपील गर्दै आफ्नो बयानमा आफ्नो फोनबाट निकालिएको ह्वाट्सएप च्याटको शृङ्खलालाई गलत रूपमा प्रस्तुत गरिएको बताए।
उनले छापाको क्रममा एनसीबीले उनको कब्जाबाट कुनै प्रतिबन्धित औषधि फेला नपारेको समेत खुलासा गरे। 'पार्टीमा धेरै मानिसहरू थिए तर उनीहरूले अरबाज मर्चेन्ट र अचित कुमारलाई मात्र चिन्थे,' आर्यनले भने।
Shares

प्रतिक्रिया