'पिउँदिन भन्दा भन्दै पिलायो साथीले' गीतको सफलतापछि शिव परियार 'पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ?' बोलको गीतसहित आउने भएका छन्।
शिवको गायनमा पिउने र पिलाउने श्रिङ्खलाको फेरि दोहोरिन लागेको हो। यसलाई इम्प्रेसन्स इन्टरटेनमेन्टले चाँडै बजारमा ल्याउने भएको छ।
मनोरञ्जन उद्योगका चर्चित नृत्य निर्देशक कविराज गहतराज र छायाङ्कार हरि हुमागाईको संलग्नतामा क्लब प्ल्याटिनममा सोमबार उक्त गीतको छायाङ्कन सकिएको छ।
यस गीतमा नेपाली चलचित्रका नायक पुष्प खड्कासहित टिकटक स्टार अञ्जली लुइँटेल र आलिया अधिकारीको डेब्यु प्रस्तुति रहने छ।
मिडिया हब प्रालिबाट पहिलो म्युजिक भिडियोको रूपमा रिलिज गर्ने तयारी भइरहेको यो गीत चाडबाडलाई लक्षित गरी ल्याउन लागिएको हो।
345
Shares

प्रतिक्रिया