कला


गणेश सुवेदीको गजलः जनभावना विपरीतको सरकार मानिँदैन

 गणेश सुवेदीको गजलः जनभावना विपरीतको सरकार मानिँदैन

गणेश सुवेदी
कात्तिक ९, २०७६ शनिबार ९:४१,

पटक–पटक हारिन्छ तर हार मानिँदैन
मानिँदैन उच–निच भेदभावको बार मानिँदैन।

बाहिरबाट झकिझकाउ, भित्र पुरै खोक्रो
ठूलो देख्दैमा सिसाका महललाई दरबार मानिँदैन।

जब औजारले सक्दैन आफ्नै काम गर्न
तब, फलामको पातोलाई तरबार मानिँदैन।

आत्मीयता, अपनत्व, प्रेमरस हुनुपर्छ
बिनामेलको बन्धनलाई घरबार मानिँदैन।

जनता नै जनार्दन हुन भने लोकतन्त्रमा
जनभावना विपरितको सरकार मानिँदैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad