राजनीति


भ्रष्टाचारको प्रमाण ल्याउनुहोस्, १ घण्टामै कारबाही गर्छुः मुख्यमन्त्री राई

भ्रष्टाचारको प्रमाण ल्याउनुहोस्, १ घण्टामै कारबाही गर्छुः  मुख्यमन्त्री राई

नेपालखबर
कात्तिक ९, २०७६ शनिबार १०:११,

मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा जनताले चाहेजस्तै विकास गरेर छाड्ने बताएका छन्।

शनिबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नगर कमिटी भोजपुरले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमनत्री राईले यहाँका स्रोत र साधनलाई अधिकतम प्रयोगमा ल्याएर विकासको चरणमा अगाडि बढाउने धारणा राखे।

मुख्यमन्त्री राईले भने, ‘यो प्रदेशलाई समृद्ध बनाउने गरी मैले काम अगाडि बढाएको छु, प्रदेशसँगै भोजपुर पनि समृद्धिको बाटोमा अगाडि बढ्छ।’ विकासका लागि सबैले प्रत्येक सेकेन्डको महत्वलाई बुझेर काम गर्नुपर्ने राईको भनाइ थियो। मुख्यमन्त्री राईले भने, ‘तपाईँ हामी यो देशका सचेत नागरिक हौँ, हामीले प्रत्येक सेकेन्ड समयको महत्वलाई बुझेर जिम्मेवारी वहन गर्न आवश्यक छ।’

प्रदेश सरकारले विकासका लागि प्राथमिकताका आधारमा प्रशस्त बजेट विनियोजन गरेको भए पनि काममा सोचेअनुरुप खर्च नभएकामा भने उनले चिन्ता व्यक्त गरे। उनले आफ्नो क्षेत्रमा भइरहेका कामको जनता आफैँले पनि अग्रसर भएर निगरानी गर्नुपर्ने बताए। ‘विकास गर्नका लागि हामीले करोडौँ बजेट छुट्याएका छौँ र काम पनि भइरहेको छ तर जनताको तर्फबाट पनि भइरहेको काममा निगरानी र खबरदारी हुनुप¥यो’, उनले भने।

प्रदेशबाट सञ्चालन हुने कामलाई प्रभावकारी, गुणस्तरीय र जनमुखी तवरले सम्पन्न गराउन अनुगमन समिति गठन गर्ने तयारी भइरहेको उनको भनाइ छ । आफूले भ्रष्टाचारमा शून्य सहनशीलता कायम गरेको बताउँदै उनले प्रमाणसहित आफूलाई जानकारी दिए एक घण्टाभित्र कारबाही गर्नेसमेत बताए।

मुख्यमन्त्री राईले भोजपुरको मुन्दुम ट्रेलको विकासका लागि रु दुई करोड विनियोजन गरेको जानकारी दिए। उनले जिल्लाका ठूला सडक र पक्की पुलको काम आफ्नै कार्यकालमा सम्पन्न गर्ने बताए। आगामी आर्थिक वर्षभित्र भोजपुरका सबै जनता विद्युत्को पहुँचमा पुग्नेसमेत जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad